३ अंकले घट्यो नेप्से, १० कम्पनीमा सकारात्मक सर्किट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौँ । बुधबार नेप्सेमा १९० वटा कम्पनीको ८० लाख १९ हजार कित्ता शेयर १ अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। त्यसैगरी करोबारमा आएका ८९ वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ३.१९ अंकले घटेर १५५०.४३ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक ०.६४ अंकले घटेको छ।साताको कारोबारको चौथो दिन आज कारोबारमा आएका कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार १९० वटा कम्पनीको शेयर कारोबार भएकोमा ८ हाइड्रोपावर र दुई विकास बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस दिन कामना सेवा विकास बैंक र जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावरको र आँखुखोला जलविद्युतको ९.१ प्रतिशत, युनियन हाइड्रोपावरको ९.५२ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ९.४९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९.४३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरको ९.३८ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ९.३२ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.२४ प्रतिशतले बढेको छ। त्यसैगरी, नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६.८७ प्रतिशतले घटेको छ भने ङादी पावरको ३.२४ प्रतिशत, पाँचथर पावरको २.८९ प्रतिशत, युनाइटेड फाइनान्सको २.६६ प्रतिशत र रैराङ हाइड्रोपावरको २.३१ प्रतिशतले घटेको छ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ११ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण काबेली पावरको ९ करोड ७८ लाख, नेश्नल हाइड्रोपावरको ९ करोड २१ लाख, हिमाल दोलखाको ८ करोड २९ लाख, अपि पावरको ७ करोड ४८ लाख र अरुण भ्याली हाइड्रोपावरको ६ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु