काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् ।
बुधबार मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन् । उनले आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्यसले माग धान्न नसकेको भन्दै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसकिएकाले तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, संचयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न भनेका छन् । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए । एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न पनि उहाँले आग्रह गरे । मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
५ नया जहाज किनिने – नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच जहाज किन्ने भएको हो । त्यसको लागि ९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । एयरलायन्सले तीन बर्ष अघि नै जहाज किन्ने योजना बनाएको थियो । ट्रंक रुटमा उडान गर्नका लागि कम्तिमा २ ओटा ठूला जहाज र दुर्गम क्षेत्रमा उडान गर्नका लागि ३ जहाज आवश्यक रहेको कारण किन्ने तयारीमा लागेको बताइएको छ । मन्त्रीले समेत निर्देशन दिएसँगै यो प्रक्रिया शुरु हुन लागेको हो । नेपाल एयरलाइन्सले चीनबाट ल्याएका जहाजले चरम घाटा पुर्याएको भन्दै नउडाउने निर्णय गरिसकेको छ । अहिले आन्तरिक उडानका लागि जम्मा ३ जहाजमात्र बाँकी छन्। ती पनि पुराना भएको भन्दै व्यावसायिक रुपमा उडान योग्य नभएको एयरलाइन्सका अधिकारीहरुले बताउँदै आएका छन्।