नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क समिति गठन, संगठन बलियो बनाउन नया योजना प्रस्तुत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 267
  •  
  •  
  •  
  •  
    267
    Shares

काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, गुल्मी–काठमाडौं सम्पर्क समितिको पुनर्गठन गरिएको छ । विगत ५ बर्षदेखी नेतृत्व विहिन रहेको समितिले हाल आएर नेतृत्व पाएको हो । गुल्मी जिल्लाबाट काठमाडौंमा आई अध्ययन गर्ने नेविसंघका नेताहरु संगठित गरी क्रियाशील बनाउने र उचित समयमा अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी अनुसार तदर्थ समितिको गठन गरिएको हो । जसको सभापतिमा शिव भट्टराइ रहेका छन भने अन्य ४४ जना सदस्यहरु रहेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नव गठित कार्यसमितिले अनलाइन जुम मार्फत बैठक सम्पन्न गर्दे विभिन्न निर्णयहरु गरेको छ । कार्यविभाजन गरि संगठनलाइ चुस्त दुरुस्त बनाउने, कोभिड–१९ को महामारीका कारण विपतमा परेका गुल्मेली विद्यार्थीहरुको सहयोगको लागि जिल्ला र विभिन्न क्षेत्र, देशविदेशमा रहेका प्रजातन्त्रवादीहरु समन्वय गर्ने, समस्यामा परेका नेपालीहरुलाइ सक्दो सहयोग गर्ने, संगठनलाई सशक्त र सुदृढ बनाउनका लागि सबै गाउँपालिका र नगरपालिकाबाट काठमाडौं आई विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीसँग सम्पर्क र समन्वय गरी पालिका स्तरमा सम्पर्क समिति गठन गर्ने निर्णय गरिएको छ ।

सभापति शिव भट्टराइ

त्यसैगरी विद्यार्थीहरुको रुचि र विज्ञताका आधारमा आवश्यक विभाग गठन गरी जिम्मेवारी दिने निर्णय भएको छ भने १५ जनालाइ समितिमा मनोनयन समेत गरेको छ । मनोेनित हुने सदस्यहरुमा अनिश शर्मा गैरे, विवेक पाण्डे, सागर गौतम, यादव पाण्डे, विष्णु पाण्डे, किरण अर्याल, दुर्गा पन्थी, महेश मरासिनी, सभ्या पाण्डे, तुलसा खनाल, कविता जि.सि., निर्वाचन गैरे, इभा घिमिरे, असीम पन्थी र युवराज भट्टराई रहेका छन् । सम्पर्क समितिलाई पालिका स्तरमा विस्तार गर्ने निर्णय वमोजिम पालिका स्तरीय सम्पर्क–समन्वय समिति समेत गठन गरी साथीहरुलाई जिम्मेवारी प्रदान गर्ने र यसले समयमै अधिवेशन सम्पन्न गर्न सहज हुने विश्वास लिइएको सभापति शिव भट्टराइले बताए ।

नेपाल विद्यार्थी संघको सिद्धान्त, आदर्श र आचरणबारे सबै साथीहरुलाई वोध हुने गरी र संगठनलाई मजवुत र व्यवस्थित गर्नका लागि विभिन्न प्रशिक्षण संचालन गर्ने र मातृ पार्टी नेपाली काँग्रेसलाई समेत सबल बनाउनका निम्ति नेविसंघलाई क्रियाशील र सक्रिय बनाउन विभिन्न कार्यक्रम संचालन गरिने पनि नेविसंघले जनाएको छ । लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध विद्यार्थी समुदाय निर्माणका लागि सम्पर्क समितिले आफूलाई केन्द्रित गर्ने भट्टराइले बताए ।

यसैविच नवगठित कार्यसमितिले काठमाडौँ कालिमाटीमा महामारी प्रभावितहरुलाइ खाना खुवाउन स्वयंसेवा गर्दै ५ हजार रुपैयाको खाद्यान्न समेत हस्तान्तरण गरेको थियो । त्यतिमात्र नभएर बाग्लुङ्गको ढोरपाटनमा गत १७ गते राती आएको बाढीले प्रभावितहरुलाइ पनि नगद ५ हजार सहयोग गरेको सभापति भट्टराइले बताए । नेविसंघले आफ्नो सामथ्र्यले पुगेसम्मको नगद तथा आफुुहरुले सक्ने स्वयंसेवा गरेर भएपनि विपत्तीमा साथ दिने उनले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु