काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलको ‘ओए कान्छु म परदेश जान्छु’ बोलको गीतमा सार्वजनिक भएको छ । पौडेल र गायिका शान्ति श्री परियारको स्वर रहेको सो गीत भिडियोसहित भर्खरै मात्रै बजारमा आएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत रहेको सो गीतमा उनै सेञ्चुरी र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण गर्भवति एक्लो श्रीमतीलाई छोडेर परदेशिएको कथालाई समेटिएको छ ।



JUNGLE






from the
city



गरिब परिवार जस्को घरमा साँझबिहानको छाकटार्न धौधौं हुन्छ, अरुको मेलापात गरेर गुजारा चलाएरपनि खुशी खुशी बाँचेका हुन्छन् । तर जिन्दगी बिताउन त्यत्तिले सहज हुँदैन अब परदेशीनुपर्ने कुरामा दुबैजना दुखी भएका छन् ।
जसोतसो दुखसुख संगै काटौला भन्ने श्रीमतको अनुरोधमा श्रीमानले भने आउने सन्तानको भविष्यलाई सोचेर बिदेशीनुपर्ने बाध्यात्मक अवस्थाको जोड गर्दै मन गाठो पार्दै परदेशिएको कथालाई सेञ्चुरी र अधिकारीले यथार्थपरक रुपमा उतारेका छन् । गीतले हरेक नेपालीको कथालाई बोकेको छ । पौडेलका यो भन्दा अगाडिका गीतहरुलाईपनि दर्शकश्रोताले अत्यधिक रुचाएका छन् ।
पौडेलका यो भन्दा अगाडिका गीतहरुलाईपनि दर्शकश्रोताले अत्यधिक रुचएका छन् । यो गीतलेपनि माया पाउने आशा उनको छ । गायन, शब्द लेखन, संगीत र अभिनय यि सबै बिधामा आफ्नो दख्खल सावित गराउन सफल सेञ्चुरी पछिल्लो समय निकै व्यस्त र रुचाईएका सर्जकका रुपमा चिनिन्छन् ।
गीत संगीतको क्षेत्रमा खेम सेन्चुरीले लामो समय देखी मिठामिठा सांगीतिक कोशेलीहरु बजारमा ल्याइरहेका छन् । उनका गीतहरुले पछिल्लो समय निकै चर्चा पाइरहेका छन । उनका गीतहरु मन नपराउने शायदै होलान । उनका कपालु कोरोर, कामी दाइको छोरो, मायालु आजैलाइ इत्यादि निकै चर्चित गीतहरु मध्येको सूचीमा पर्छन् । त्यस्तै तीजमा उनले निकालेको सोचेझै जिन्दगी रैनछ भन्ने गीत पनि अत्यन्तै भाइरल भयो ।
हेरो उनले पछिल्लो समय निकालेको गीत ‘ओए कान्छु म परदेश जान्छु’।