पर्वत कारागार जोखिममा परेपछि कैदीबन्दीलाइ अन्यत्र सारीयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

पर्वत, ७ साउन
दुई दिनदेखिको अबिरल बर्षाका कारण पर्वत कारागार भवन जोखिममा परेपछि महिला कैदीबन्दीलाई बागलुङ र म्याग्दी कारागारमा सारिएको छ । वर्षाका कारण महिला बन्दीगृह भत्किन थालेपछि कैदीबन्दीलाई अन्य जिल्लामा सारिएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य पर्खाल भत्किएको छ । मुख्य पर्खाल १० मिटर भन्दा बढी भत्किएको छ । महिला बन्दी गृहमा ७ जना बन्दी रहेका छन् । बागलुङ्ग कारागारमा ५ जना र म्याग्दी कारागारमा २ जना महिला बन्दीलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ब्यवस्थापन विभागको सहमतिमा बन्दी स्थानान्तराण गरिएको हो । पर्वत कारागार निर्माण सुरु भएको एक दशक बितेपनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको छ । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये तत्कालीन समयमा १४ लाख मात्र निकासा भएको थियो । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये आर्थिक बर्ष २०६६/०६७ मा १४ लाख मात्र विनियोजन भइ पर्खाल लगाउने काम सम्पन्न भएको थियो ।

अहिले निर्माणाधिन महिला बन्दी गृहमा झारजङ्गल हुर्किएको छ भने उक्त पर्खाल समेत जीर्ण बनेको छ । २०६६ माघबाट निर्माण सुरु गरिएको बन्दी गृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । एक बर्षभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको भएपनि अहिले बजेट नआउँदा अधुरो पर्खाल पनि भत्कने अवस्थामा छ ।

महिलाकै लागि भनेर निर्माण गरिएको उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङदेखि समेत महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्य थालनी गरिएको थियो । पर्वतमा महिला बन्दी गृह निर्माण नभएपछि कारागार भित्रै पाटेशन गरेर दुई भागमा महिला पुरुषलाई राख्दै आइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु