गुल्मीमा पीसीआर मेसिनको खैलावैला : यस्तो छ वास्तविकता, सञ्चालन हुन दशैँ कुर्नुपर्ने

मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञावली र ग्रहण गर्दै रेसुङ्गाका मेयर डिल्लीराज भुषाल, साथमा अन्य ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

प्रकाश घिमिरे, गुल्मी । गुल्मीमा दशैँ अगावै पीसीआर ल्याव सञ्चालनमा आउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत सदरमुकामको रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गरेको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा चौतर्फी आलोचना सुरु भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जिल्लाका १२ वटै स्थानीय तहको आर्थिक सहयोगमा पीसीआर ल्याव सञ्चालन गर्नका लागि रेसुङ्गा नगरपालिकालाई व्यवस्थापकीय जिम्मेवारी दिईएको थियो । आवश्यक जनशक्ति, प्राविधिकहरुको अभावमा भनेकै समयमा ल्याव सञ्चालनमा ल्याउन नसकिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुषालले बताए । परराष्ट्रमन्त्री ज्ञवालीले उपलब्ध गराएको पीसीआर मेसिनमा केही प्राविधिक कुराहरु थप्नुपर्ने भएकाले अहिले मेसिनलाई प्राविधिकहरुकै सल्लाहमा काठमाण्डौ लगिएको र त्यही मेसिन सञ्चालनमा ल्याउने वा अर्को ल्याउने भन्ने विषयमा छलफल चलिरहेको बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पीसीआर ल्याव सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति र प्रयोगशालाको समेत व्यवस्थापन हुँदै गरेको उनको भनाई छ । अहिले निर्माणाधिन प्रयोगशालाको कार्य पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

पीसीआर ल्याव सञ्चालनमा मात्रै आएर नहुने भन्दै उहाँले सक्रंमितहरुको उपचारकालागि आईसुलेसन र भेन्टिलेटरको समेत स्थापना गर्न लागिएकोे जानकारी दिए । कोरोना सक्रंमितको संख्या बढ्दै जाँदा जटिल प्रकृतिका विरामीहरुको उपचारका लागि भेन्टिलेटर र आईसीयुको समेत अभाव हुँदै जान थालेकाले गुल्मेलीहरुले त्यो समस्या भोग्न नपरोस भनेर १० वटा आईसीयु बेड र २ वटा भेन्टिलेटर सहितको अस्पताल स्थापनाका लागि अहिले जग्गा खोज्ने काम भईरहेको मेयर भुषालको भनाई छ ।

यता गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पीसीआर परिक्षणका लागि ल्याव स्थापना गर्न पीसीआर मेसिन मात्रै जडान गरेर नपुग्ने भएकाले केही समय ढिला भएको बताए । पीसीआर मेसिन जिल्लामा आईसकेपछि प्रदेश र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै प्राविधिकहरुलाई बोलाएर आवश्यक परामर्श गर्दा परराष्ट्र मन्त्री ज्ञवालीले हस्तान्तरण गरेको मेसिनमा अन्य केही महत्वपूर्ण उपकरणहरु जडान गर्नुपर्ने भएकाले प्राविधिककै आग्रहमा काठमाण्डौ लगिएको बताए ।

प्रमुख जिल्ला अधिकारी भरत शर्माले गुल्मीमा आएको पीसीआर मेसिनको ब्राण्डकै अन्य केही सामाग्रीहरु जडान गर्नुपर्ने भएकाले प्राविधिकहरु लागिपरेको र सोही मेसिनमै मेसिनहरु थप गरेर हुन्छ अथवा नयाँ मेसिन ल्याउनुपर्ने भन्ने विषयमा पनि छलफल भईरहेको उनको भनाइ छ ।
प्राविधिक ज्ञान नहुँदा केही समय ढिलाई भएपनि प्रयोगशाला निर्माण र आवश्यक जनशक्तिको व्यवस्थापन हुँदै गरेकाले दशैँ अगावै पीसीआर ल्याव सञ्चालनमा आउने उनले जनाए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु