रेशम कुवँर, गुल्मी । गुल्मीमा कोरोना भाइरस परिक्षणको निम्ती एक महिना अघि पिसिआर मेसिन ल्याइयो । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावलीले हेलिकोप्टर मार्फत गुल्मीमा पिसिआर मेसिन ल्याएका थिए । तर सञ्चालन हुनुको सट्टा विभिन्न उपकरण छुटेको भन्दै काठमान्डौ फिर्ता गरिएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उक्त पिसिआर मेसिन गत श्रावण ३ गते नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले जिल्लाको सदरमुकाम तम्घासमा एक विशेष कार्यक्रमका साथ रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।
मन्त्री ज्ञवालीले मेसिन उपलब्ध गराउने दाता हिमालयन एयरलाइन्सका प्रतिनिधि सहित आफै उक्त पिसिआर मेसिन काठमान्डौ देखि हेलिकेप्टर मार्फत सदरमुकाम तम्घासमा ल्याएर आएका थिए ।



JUNGLE






from the
city



मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको कारण देखाउँदै सञ्चालनमा ल्याउन नसकेको जानकारी दिएको छ । त्यस्तै एक महिनासम्म पनि रेसुङ्गा नगरपालिकाले उक्त मेसिन राख्ने भौतिक संरचना समेत तयार पार्न सकेको छैन । पिसिआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट आएको टोलीले मेसिनमा लाग्ने उपकरणहरु नभएको भन्दै यसलाई आफुहरुले जडान गर्न नसक्ने बताएका थिए ।
काठमान्डौबाट आएको स्वास्थ्यको टोलीले पिसिआर मेसिनलाई आवश्यक पर्ने विभिन्न उपकरणहरु नभएको भन्दै ती उपकरणहरु मेसिनलाई कस्तो चाहिने हो, त्यसै अनुसारको लिनको लागि उक्त मेसिन परराष्ट्रमन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले काठमान्डौ लगेको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।
उनले जिल्लामा प्राविधिकहरु र लकडाउनका कारण उपकरण समयमै उपलब्ध गराउन नसकेको बताए । मेसिन राख्नको लागि आवश्यक भौतिक संरचनाको काम अन्तीम चरणमा पुगेको बताए । प्राविधिक र उपकरणहरु उपलब्ध भएमा पिसिआर मेसिन १५ दिन भित्रमा जिल्लामा ल्याउने र सञ्चालन गर्ने मेयर भुसालको भनाई रहेको छ ।
पिसिआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमान्डौबाट आएको स्वास्थ्यको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेपछि त्यो मेसिन काठमान्डौ पठाईएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले बताए । उनले अब त्यही मेसिन आउँछ वा अर्को नयाँ मेसिन आउँछ त्यो विषयमा आफुलाई जानकारी नभएको बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नुपर्ने भएकाले उक्त मेसिन काठमान्डौ लगिएको बताए । जिल्लामा प्राविधिक बोलाउन नसकिने र उपकरणहरु उपलब्ध गराउँन नसकिने भएकाले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नको लागि काठमान्डौ पठाईएको बताईएको छ ।
जिल्लामा पिसिआर मेसिन सञ्चालनका लागि दुई नगरपालिकाबाट १५ लाखका दरले र दश गाउँपालिकाबाट १० लाखका दरले रकम उठाउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
मेसिन संचालनको लागि स्थानीय तहले रकम छुट्टाउनु सकारात्मक भएपनि जिल्लामा क्वारेन्टाइन व्यवस्थापनको नाममा भएको खर्च लुकाउन खोज्नु राम्रो नियत नभएको जिल्लाका नाम बताउन नचाहने एक नागरिक अगुवाले बताए । ‘जिल्लामा कोरोना र क्वारेन्टाइन व्यवस्थापनको नाममा भएको खर्च पारदर्शी छैन, यसको सम्बन्धित निकायले छानबिन गर्नुपर्द्छ’ उनले भने ।
जिल्लामा पिसिआर मेसिन संचालन हुने समाचारले गुल्मी तथा छिमेकी जिल्लाका जनताका जति खुशी थिए । जिल्लाका सरोकारवाला निकाय र जनप्रतिनिधिको प्रचारमुखी र हल्का प्रस्तुतिलेले अहिले निराश तुल्याएको छ ती नागरिक अगुवा आरोप छ।