अर्काे प्रश्न : कतै पिसिआरले मरेका भाइरसको पनि पोजेटिभ देखाइरहेको छैन ?

FIle Photo, EPA

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

काठमाडौँ । कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परिक्षणले गलत नजिता देखाउन सक्ने शंका उत्पन्न भएको छ । हाल प्रयोग भइरहेको प्रचलित विधिले पुरानो सङ्क्रमणको मृत भाइरस वा भाइरसका अंश पनि देखाउने गरेको आशङ्का विज्ञहरूले गरेका हुन्। बीबीसीका अनुसार सङ्क्रमण भएका अधिकांश मानिसहरूले एक साताजति मात्र अरूलाई भाइरस सार्न सक्छन्। तर हप्तौँपछि पनि उनीहरूको परीक्षण गरिएको खण्डमा भाइरस देखिन सक्छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अनुसन्धानकर्ताहरूका अनुसार यसले गर्दा वर्तमान महामारीको स्तर अतिशय रूपमा प्रस्तुत भइरहेको हुनसक्छ। तर केही विज्ञहरूले भने कुनै पनि सङ्क्रमित व्यक्ति नछुट्नेगरी विश्वसनीय परीक्षण विधि कसरी विकसित गर्न सकिएला भन्नेबारे अनिश्चय रहेको बताए। यसबारे गरिएको एउटा अनुसन्धानमा संलग्न प्राध्यापक कार्ल हेनेगनले भाइरसबाट सङ्क्रमित हो वा होइन भन्ने सरल परिणाम दिनुको साटो निश्चित मात्राभन्दा थोरै परिमाणमा भाइरस रहेका व्यक्तिको पोजिटिभ नतिजा नदेखाउने परीक्षण विधि हुनुपर्ने बताए। कुल सङ्क्रमितको सङ्ख्या लगातार बढिरहने तर अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या स्थिर रहने अहिलेको अवस्थाले पनि कतै परीक्षणले पुराना भाइरसका कण पो पत्ता लगाइरहेका छन् कि भन्ने देखाएको प्राध्यापक हेनेगनले बताए।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अक्स्फोर्ड यूनिभर्सिटीको सेन्टर फर एभिडेन्स बेस्ड मेडिसिनले पोजिटिभ नतिजा आएका २५ वटा नमुनालाई पेट्री डिशमा राखेर अध्ययन गरेको थियो। ’भाइरल कल्चरिङ’ भनिने उक्त विधिमार्फत् कतै परीक्षणले सक्रिय र सङ्क्रामक भाइरस पत्ता लगाएको हो वा अन्यमा सङ्क्रमण गर्न नसक्ने भइसकेको मृत भाइरस वा निष्क्रिय कण पत्ता लगाएको हो भन्ने जाँच गर्नेछ। अहिले प्रचलित पीसीआर स्वाब टेस्टले रसायनहरूको सहयोगबाट भाइरसको आनुवंशिक संरचनालाई बढाएर पारेर हेर्न सघाउँछ। त्यसैले स्वाबका नमुनालाई प्रयोगशालामा विभिन्न चरणको प्रक्रिया पार गराएपश्चात् मात्र भाइरस देखिन्छ।

कोरोनाभाइरसको परीक्षण गर्दा तपाईँले सङ्क्रमण छ या छैन भन्ने परिणाम प्राप्त गर्नुहुन्छ।सो नतिजामा नमुनामा कति मात्रामा भाइरस थियो र ती कति सक्रिय सङ्क्रमण गराउन सक्ने खालका थिए भन्ने उल्लेख हुँदैन। ठूलो मात्रामा सक्रिय भाइरस आफ्नो शरीरबाट निष्काशन गरिरहेको व्यक्ति र सङ्क्रमणबाट निको भइसकेको छ तर मृत भाइरसका कण निष्काशन गरिरहेको व्यक्ति दुवैबाट सङ्कलित नमुनाको परीक्षण गर्दा यो विधिले भाइरसको उपस्थिति भएको सङ्केत गर्छ। तर प्राध्यापक हेनेगनका अनुसार प्रमाणहरू हेर्दा करिब एक सातापश्चात् कोरोनाभाइरसको सङ्क्रामकता घट्न थाल्छ।

कस्तो परीक्षण उपयोगी ? सबै परीक्षणमा कति सक्रिय भाइरस थिए भनेर हेर्न सम्भव नहुने भए पनि यदि वैज्ञानिकहरूले निश्चित मात्राको भाइरस भए मात्र पोजिटिभ देखिने परीक्षण विधि विकास गर्न सकेको खण्डमा गलत पोजिटिभ नतिजा आउने सम्भावना कम हुने उनले बताए। यसले पुरानो सङ्क्रमणका कारण गलत परिणाम देखिने पनि कम हुनेछ। त्यसबाट मानिसहरूलाई क्वारन्टीनमा राख्नुपर्ने अथवा अनावश्यक रूपमा ’कन्ट्याक्ट ट्रेस’ हुनबाट रोक्ने प्राध्यापक हेनेगन बताउँछन्। अनि त्यसले महामारीको वर्तमान मात्राबारे राम्ररी बुझ्न सहयोग गर्ने बीबीसीले लेखेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु