कोरोना परिक्षणमा सरकारले तोकेको भन्दा बढी रकम उठाउदै निजी अस्पताल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौँ : निजी अस्पतालहरूले पीसीआर परीक्षणको शुल्क आफूखुसी लिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा पीसीआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेकामा कतिपय निजी अस्पतालले ७ हजार ५ सय रुपैयाँसम्म असुलेको भेटिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पीसीआर गराउन आवश्यक पर्ने भीटीएम, रिएजेन्ट, एक्स्ट्र्याक्सन किट र अन्य खर्च बजार मूल्यअनुसार बढीमा २ हजार ५ सय मात्रै पर्छ । तर, सरकारले पीसीआर गर्न ५ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारले पीसीआर गराउने शुल्क नघटाउँदा निजी र सरकारी अस्पतालले समेत पीसीआरलाई नाफा कमाउने आधार बनाइरहेका छन् । धापासीको ग्रान्डी अस्पतालले ७ हजार ५ सय रुपैयाँ पीसीआर परीक्षण शुल्क लिने गरेको छ । ‘हाम्रोमा पीसीआर परीक्षण हुँदैन, अन्यत्र लैजानुपर्ने भएकाले ढुवानी र स्वाब निकाल्न खटिएका कर्मचारीको पारिश्रमिकका लागि ७ हजार ५ सय रुपैयाँ लिने गरेका छौं,’ अस्पताल प्रशासनकी अर्चना प्रधानले भनिन्, ‘हाम्रोमै पीसीआर हुने हो भने सरकारले तोकेकै मूल्यमा गर्न सकिन्थ्यो ।’

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले पनि भर्ना हुने बिरामीसँग ७ हजार ५ सय रुपैयाँ लिएर स्वाब संकलन गर्ने गरेको छ । स्वाब संकलन गरेर अनुमति प्राप्त अस्पतालमा पीसीआर गराउँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको शुल्कमा १० प्रतिशतसम्म बढी लिन पाइन्छ । प्रयोगशालाका अनुसार ग्रान्डी र नेपाल क्यान्सर अस्पतालले ६ हजार ५० रुपैयाँ मात्रै लिन पाउँछन् । यी दुई अस्पतालले सरकारले निर्धारण गरेको भन्दा १ हजार ४ सय ५० रुपैयाँ बढी शुल्क लिइरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर गराउन स्वीकृत लिएकै अस्पतालले समेत महँगो शुल्क लिएको पाइएको छ । यसरी शुल्क लिनेमध्येको एक हो, ललितपुरको मेडिसिटी अस्पताल ।

यो अस्पतालले पीसीआर परीक्षण गर्न नेपालीसँग ६ हजार रुपैयाँ र विदेशीसँग ७ हजार रुपैयाँ लिने गरेको छ । ‘सरकारले तोकेको ५ हजार ५ सय हो तर पीपीई र स्वाब संकलन गर्ने भीटीएमका लागि हामीले थप १० प्रतिशत लिने गरेका छौं,’ अस्पतालका डा. नरेन्द्र तिमिल्सेनाले भने । खबर कान्तिपुर दैनिकमा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु