लायन र लियो क्लव बुटवल सेन्ट्रलद्वारा संयुक्त वृक्षारोपण कार्यक्रम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । सामाजिक कार्यमा अग्रसर लायन क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलले सयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ ।
शनिवार वुटवल वडा नं ११ प्रगति नगरमा रहेको प्रगति मा।वि। को प्राङ्गणमा करीब ५० वटा विरुवाहरु रोपेको लियो क्लबका सचिव विशाल पाण्डेले जानकारी दिए ।
कार्यक्रममा डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुवर, प्रगति मा।वि। प्रध्यानध्यापक शिवकुमारी अर्याल, लायन एरीया कोषाध्यक्ष कृष्ण पौडेल, लियो डिस्ट्रिक्ट क्लब ट्यूनिङ एंव एक्सटेन्सन रिभाइब पर्शन सौरभ भुषाल, लियो क्लब बुटवल सेन्ट्रलका सस्थापक अध्यक्ष लक्षमण पन्थी, लायन पुर्व अध्यक्ष लक्ष्मण पोखरेल, लियो निबर्तमान अध्यक्ष बुद्धि कुवर लगायतको उपस्थिति रहेको थियो ।
शनिवार सम्पन्न कार्यक्रमको अध्यक्षता संयुक्त लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष निरज के।सी र लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष चिरन अर्यालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य लायन्स क्लबका प्रथम उपाध्यक्ष जे।डि वार्सी ले दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ विष्णु कुँवरले बृक्षारोपणले पार्ने रामाँ प्रभावको विषयमा बोल्दै यस्ता कार्यक्रमहरुको निरन्तरता दिनु पर्ने बताउदै उक्त कार्यक्रमको प्रशंसा गरे ।
उक्त कार्यक्रममा लियो संस्थापक लक्ष्मण पन्थी, लियो ट्यूनिङ पर्शन सैरभ भुषाल, लायन्स एरीया कोषाध्यक्ष कृष्ण पौडेल, प्रगति मा।वि। प्रध्यानध्यापक शिव कुमारी अर्याल लगाएतले कार्यक्रमको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रम लायन्स क्लबका सचिव सागर मणी पोखरेलको संचालनमा भएको थियो । साथै कार्यक्रमको सुरुवात भएको घोषणा लायन्स का अध्यक्ष निरज के।सी ले गरेका थिए ।
लियो क्लबका अध्यक्ष चिरन अर्यालले विद्यालको परिसरमा बृक्षारोपण गरी वातावरणलाई हरभरा, सफा , सुदर होस् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरीएको बताउदै कार्यक्रमको समापन गरेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु