अबको २० बर्ष अर्थात २०२० सम्म पृथ्वीमा हाल प्रयोग भइरहेका प्लास्टिकहरुले गम्भीर खतरा निम्त्याउने देखिएको छ । जनरल साइन्सको एउटा अध्ययनका अनुसार प्लास्टिकको प्रयोगमा कडा कदम नउठाउने हो भने आउने २० बर्षभित्र १.३ अर्व टन प्लास्टिकले पृथ्वीलाइ दबाउने छ । युनिभर्सिटी अफ लीड्स का डा. कोस्टास वेलिसले यस चुनौतीलाइ सामाना गर्नको निम्ती मानिस सँग उपाय रहेको जिकिर गर्छन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185



JUNGLE






from the
city



‘अघिल्लो २० बर्षमा के कस्तोे भयाभह होला भन्न गाह्रै हुन्छ, तरपनि त्यो समयसम्म पुरै प्लास्टिक सतहमा बिच्छाउने हो भने ब्रिटेनको क्षेत्रफलको १.५ गुणा सम्मको प्लास्टिक हुन आउँछ’, उनले भने । उनले थपे, ‘यसरी अनुमान लगाउन एकदम जटिल हुन्छ, किनकी दुनीयाको सबै क्षेत्रमा प्लास्टिक प्रयोग भइरहेका छन, यो समस्या कसरी समाधान गर्ने भन्ने कुरा निकै चुनौतीको कुरा हो’ ।
यस जटिल समस्याको आँकडामा देखाउनको निम्ती शोधकर्ताहरुले संसारमा भइरहेको प्लास्टिकको उत्पादन र प्रयोग तथा यस्को पुर्नचक्रण सम्बन्धी खोज गरी एउटा मोडल तयार गरेका छन, जस अनुसार आगामी दिनमा आँकडा अनुमान गर्न सकिनेछ । यही आँकाडाका अनुसार मानिसहरुले यसैगरी प्लास्टिक प्रयोग गरिरहने हो भने २०४० सम्म १.३ अर्ब टन प्लास्टिक पृथ्वीमा जम्मा हुन्छ ।
अनुसन्धानमा खटिएकी अमरीकी प्यू च्यारिटेबल ट्रस्ट्स की विनी लाउले यो समस्या समाधानको बाटोमा अहिल्लै बाट लाग्न जरुरी रहेकोमा जोड दिन्छन ।
यदि हामी यसो गर्याै भने समुद्रमा जम्मा हुने प्लास्टिकको मात्रामा कमी आउनेछ ।
अब उपाय के त ?
-प्लास्टिकको उत्पादन र खपत कम गर्नु पर्याे ।
-प्लास्टिकको ठाँउमा फइवर, जुट जस्ता सजिलै नष्ट हुने बस्तुहरु उपयोग गरौ ।
-पुन प्रयोग र पुर्नचक्रणको लागि आवश्यक संरचना तयार गर्नुपर्याे ।
आदि
बिबिसी हिन्दीबाट अनुवादित अंश