सम्पादकीय – सरकार, जनताको सेवा नगर्ने अस्पताललाई ठिंगुरा ठोक !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

यस्तो महामारीका बेला नागरिक प्रति उत्तरदायी भएर सेवा दिनुपर्नेमा निजी मेडिकल कलेज तथा अस्पतालहरु जिम्मेवारीबाट भागीरहेका छन् । जसको कारण नागरिकहरुले अकालमा जीवन गुमाइरहनु परेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तिन दिनमा निजी अस्पतालको लापरवाहीको कारण ३ जनाले अकालमा ज्यान गुमाउनु परेको छ । ७ ओटा अस्पतालमा चक्कर लगाउँदा पनि विरामीले उपचार नपाएर मर्ने अवस्था सिर्जना भैरहेको छ । विरामी भएर अस्पताल जाँदा उपचार नपाइ मर्नुपर्छ भने अस्पताल हुनु र नहुनुको अर्थ के ?

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसैले नागरिकको स्वास्थ्य संग खेलवाड गर्ने यस्ता निजी स्वास्थ्य संस्थाहरुलाइ कारवाही गर्न जरुरी छ । अस्पताल भनेको अत्यावश्यक सेवा प्रदायक संस्था हो । विपद् र बिरामी अवस्थामा यस्तो संस्था गैरजिम्मेबार बनिदिनु घोर विडम्बना हो ।

यस्तो किसिमको हर्कत गर्नेलाई हदैसम्मको कारवाही गर्दै सम्बन्धन समेत खारेजी हुनुपर्छ । यस्ता अस्पतालाई तुरुन्तै राष्ट्रियकरण गर्नुपर्छ ।

वीरगन्जकी २० वर्षीया विष्णु लामाको ज्वरो बिहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाइ अस्पताल लैजान भनियो ।

चार वर्षीया छोरीसहित वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति करिब ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्याइयो ।

त्यसपछि नारायाणी वयोधा, नेसनल मेडिकल कलेज, नारायणी अस्पताल, वीरगन्ज हेल्थ केयर, नारायणी अस्थायी कोरोना गण्डक अस्पताल गरी ७ अस्पतालमा चक्कर लगाउँदा लगाउँदै उनको मृत्यु भयो ।

उनी त प्रतिनिधि पात्र मात्र हुन । यस अघि धेरै बिरामीहरु अस्पतालले भर्ना नलिएकै कारण ज्यान गुमाउनु परेको छ । यहाँ सामान्य अक्सिजन दिएमात्र बाँच्न सक्ने विरामीलाई पनि अस्पतालले पन्छाई रहेछ ।

निजी मात्र नभएर सरकारी स्वास्थ्य संस्थाले समेत यस प्रकारको लापरवाही गरिरहँदा सरकार किन मुकदर्शक छ ? दुई तिहाई सरकारको चेतनाको स्तर यसले प्रमाणित गरेको छ । क्वारेन्टीनमा महिला बलात्कार हुँदा, उपचार नपाएरै आइसोलेसनमा छटपटिएर मर्दै गर्दा, साँच्चै देशमा सरकार छ र ? प्रश्न तेर्सिन्छ ।

यहाँ सरकारलाई जनताको चासो कत्ति देखिएको छैन । यस्तो महामारीमा जनता र देशलाई कसरी पार लगाउने भन्ने कुराको चिन्तन सरकारका प्रधानमन्त्री र सरकार चलाउने पार्टीलाई हेक्का हुनु पर्छ । जुँगाको लडाईले देश चल्दैन ।

दुई तिहाई जनताले विश्वास गरेको सरकारले जनमतको यस्तो खिल्ली उडाउँदै कुबाटो लाग्छ भने उसको भविष्य लामो छैन । जनताले पाई पाईको हिसाब राखेका छन्, त्यसको छिनाफानो आगामि निर्वाचनले गराउने नै छ ।

अब सरकारले यो चरम सुताइबाट ब्युँझिएर जनताको पैसा मात्र लुट्ने निजी मेडिकल कलेज र अस्पताललाई ठेगान लगाउन जरुरी छ । जनसेवाको नाम भजाएर
जनतालाई मृत्यु बरण गर्न विवश पार्ने यस्ता स्वास्थ्य सेवा प्रदायकहरुलाई ठिंगुरा ठोक्नु पर्छ ।

निजी स्वास्थ्य संस्था आफ्नो अनुकुलतामा जनताको पैसा लुटेर धनी हुन मात्र खोलिएका हुन र ? जनता प्रश्न गर्छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु