काठमाडौं । उपत्यकाका तीन जिल्लामा तीन हप्तादेखी जारी निषेधाज्ञाको मोडल अब कस्तो बनाउने भन्ने विषयमा आज निर्णय हुन लागेको छ । निषेधाज्ञालाइ खुकुलो गरी निजी सवारीलाई जोर विजोरमा चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ । अब गृहले स्विकृति दिएको खण्डमा प्रशासनले निषेधाज्ञाको नया मोडलबारे जानकारी गराउनेभएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारी तथा अन्य सम्बन्धित सरोकारवालहरुको मंगलबार भएको बैठकले सो अनुसारको निर्णय गरी गृहमन्त्रालय पठाएको हो


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसबारे गृहबाट अनुमति प्राप्त हुनसाथ आजै निषेधाज्ञाको मोडालिटी सार्वजनिक गरिने एक अधिकारीले बताए । मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर निर्णय गृह मन्त्रालय पठाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि निर्णय गरेको र सोही जानकारी गृह मन्त्रालयमा पठाएको बताए । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीहरुले सबैसँगको छलफलको आधारमा निर्णय लिइसकेको सो निर्णयलाई राय लिनको लागि गृह मन्त्रालयमा पठाएको र गृहमन्त्रालयले निर्देशन दिएपछि निर्णय सार्वजनिक गर्ने बताए ।