प्रदेश ५ को राजधानी दाङ राख्ने सहमति

मुख्यमन्त्री शंकर पोखरेल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 80
  •  
  •  
  •  
  •  
    80
    Shares

१६ असोज, काठमाडौँ । सरकार गठन भएसँगै देखी नाम र राजधानी तोक्न नसकेर विवादको भुमरीमा परेको प्रदेश ५ सरकारले दाङलाई राजधानी बनाउने भएको छ । स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा दाङलाई राजधानी बनाउने सहमति भई सोही अनुसारको परिपत्र प्रदेश ५ लाई गरिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राजधानी दाङ तोक्ने सहमति भएको भएसँगै उक्त परिपत्र गरिएको एक नेताले जनाए । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोही प्रदेशका नेकपा इन्चार्ज समेत हुन भने उनले चुनाव देखी नै दाङलाई राजधानी बनाउने नारा अघि सारेका थिए । यस विषयमा नेकपा का नेताहरु बीचमा दुई थरी मत रहेको थियो । भने बुटवल र दाङ राजधानी माग्दै दुवै क्षेत्रका जनताहरुले यटक पटक आवाज पनि उठाउने गरेका छन् । प्रदेश ५ को राजधानी बुटवलमै राख्ने कि दाङमा राख्ने भन्नेमा नेकपाभित्र ठूलो विवाद छ। नेकपा महासचिव विष्णु पौडेलले बुटवल राजधानी हुनुपर्ने भन्दै चुनावी एजेन्डा नै बनाएका थिए मुख्यमन्त्री पोखरेलको जोड दाङमा रहेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु