जनकपुर । जनकपुर-जयनगर गुड्ने रेल तयार भएको छ। रेल विभागका अनुसार १३ सय यात्रु बोक्ने क्षमताको इलेक्ट्रिक रेल तयार भएको हो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त रेल पटनाको सोनपुर-हाजिपुरमा आइपुगेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यो रेल बनाउन भारतीय कम्पनी इन्टरनेशनल कोच फ्याक्ट्रीलाई दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा ख्यातिप्राप्त छ। मिश्रका अनुसार कोङकड रेल्वे कर्पोरेसनले सामग्रीहरू सप्लाई गरेको थियो।



JUNGLE






from the
city



विभागले भ्याटबाहेक ८६ करोडमा दुई वटा रेल बनाउन भारतीय कम्पनीलाई जिम्मा दिएको हो। दुबै रेल तयारी अवस्थामा रहेको र एउटा पटना आइसकेको मिश्रले बताए।
यो रेल डिजेलबाट स्टार्ट हुन्छ र जेनेरेटरबाट पैदा भएको बिजुलीबाट चल्छ । रेलले १२ सयदेखि १३ सय जना यात्रु क्षमता राख्दछ ।
नेपाल सरकारको मन्त्रिपरिषद्को गत २०७५ पुस २९ गते बसेको बैठकले रेल खरीद गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ ।
रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालीम दिन जुन कम्पनीसँग रेल खरीद गरिन्छ त्यसैसँग सम्झौता हुने बताइएको छ ।