बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजी पछि स्थगित भएको प्रदेश पाँचको प्रदेश सभा बैठक अझै शुरु हुन सकेको छैन ।
दाङ राजधानी राख्ने र नाम लुम्बिनी राख्ने गरी नेकपाले ह्विप जारी गरेसँगै प्रदेशको राजधानी दाङ नै रहने सम्भावना छ । व्यापक विरोधकै बाबजुद प्रदेश सरकारले डाकेको बैठकमा सुरुवाटै काँग्रेसले विरोध गरिरहेको थियो । काङ्ग्रेस संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले बैठकको सुरुमै उठेर बोलेपछी बैठक अवरुद्ध गरेका हुन्। अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले २ बजेसम्मलाई बैठक स्थगित भएको जानकारी गराएका थिए । तर समय बढी भइसक्दा पनि बैठक शुरु हुन सकेको छैन ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बैठक सुरुमै सभामुख घर्तीले कांग्रेस सांसद रमा अर्याल र जनता समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेयलाई जरुरी महत्त्वको बिषयमा बोल्न समय दिएपनि कांग्रेस संसदीय दलका नेता कनौडियाले बोलेका थिए । उनले सरकारले निरंकुश शैलीमा राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै प्रस्ताव फिर्ता गरेर सहमतिको बाटोमा प्रस्ताव ल्याउन आग्रह गरे। मुख्यमन्त्री शंकर पोखरेलले भेगीय राजनीति गरेको भन्दै उनले पोखरेललाई कुनै जिल्ला र भेगको राजनीति गर्नुको साटो १२ वटै जिल्लाको मुख्यमन्त्री हुन सुझाव दिए। कनौडियाले बुटवलनजिकै अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य भौतिक पूर्वाधार हुँदा हुँदै नेताको निजी स्वार्थका लागि दाङ लगिएको आरोप लगाए। गाउँपालिका र वडा कार्यालय बनाउन नसकेको अवस्थामा नयाँ स्थानमा प्रदेश राजधानी बनाउन खोज्नु असम्भव भएको बताए। उनले बुटवललाई नै स्थायी राजधानी बनाउन माग गरेका थिए ।