महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक सबै गर्न सक्ने सरकार पूर्ण असफल : खतिवडा [अन्तर्वार्ता]

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

देशमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा सरकार महामारी नियन्त्रणमा कम पार्टीका आन्तरिक विषय र सरकार गठनमा ज्यादा ध्यान दिइरहेको छ । सरकारको कुरा छोडौ, प्रतिपक्षको पनि उस्तै चाल छ । सरकारले गर्ने गलत कामको विरोध गर्न छोडेर, सरकार सँगै भाग खोज्ने त उसको चलन नै भयो भनेर आरोप पनि आइरहन्छ । यसै प्रसङ्गमा सिम्रिक खबरका पत्रकार अनिश शर्मा गैरेले नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य रहेका रामहरी खतिवडासँग कुराकानी गरेका छन् । पढौ उक्त कुराकानीको केही अंश ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विशेष गरी यो महामारीको समयमा सरकारले गरिरहेका कामहरुलाई कसरी नियालिरहनुभएको छ ? – सरकारले पूर्णरुपले असफल छ । मुलुम निर्माण गर्ने समयमा सरकार मुलुक ध्वस्त बनाउने काममा लागेको छ । कोरोना शुरु हुँदा जुन समयमा लकडाउन गर्नुुहुने थिएन, त्यो समयमा लकडाउन गर्याे । अहिले जुन समयमा लकडाउन गर्नुपर्ने देखिन्छ । त्यो समयमा खोलेको छ । औषधी खरिदमा समेत अरबौ भ्रष्ट्राचार गर्नमा लाग्यो, पिसिआर किट पनि नक्कली ल्यायो । मेसिनका त कुरै छोडौँ । मास्क किन्दा बजार मूल्य भन्दा निकै बढी रकममा किन्न अनुमति दियो । यसमा उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातागोताको संलग्नता भयो भनिएको छ । त्यसैमाथि हालसम्म कुनै पनि कुुराले विवादमा नआएको सेनालाई बदनाम बनाउने काम गर्याे । हालसम्म आर्मी नै बचेको थियो, यी काण्डबाट, उसैलाई फसाउने काम यो सरकारले गर्याै । कोरोनाको महामारीमा पनि भ्रष्ट्राचारमा चुलुम्म डुब्यो । आर्थिक अवस्था ध्वस्त बनायो । बाहिरबाट ल्याउने सबै खरिदका काममा करोडौ घोटला गर्याे । यो समयमा मात्र नभएर यो दुईतिहाईको सरकार पूर्ण रुपमा असफल प्रमाणित भइसकेको छ, मैले भनिरहनु पनि नपर्ला ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारलाई त खुबै भन्नुभयो, त्यसो भए तपाईको पार्टी काँग्रेसले के गर्याै त ? – अहिले जनताले सरकार चलाउने काम नेकपालाई दिएका हुन् । त्यसैले काँग्रेस सरकारमा छैन । त्यसैमाथि अहिले सदन पनि चलेको छैन । जसको कारण सदनमा आवाज उठाउन सकिएको छैन । कोरोना शुरु भएसँगै काँग्रेसले सरकारलाई विभिन्न सहयोग गर्दै आएको छ । काँग्रेसले शुरुमा सरकारले खडा गरेको कोरोना कोषमा ५० लाख दियो । हामीले अपठरो परेको बेलामा सबैको दायित्व भनेर सहयोगमा लागिरह्यौँ । तर सरकारले हामीले भनेका कुराहरु सुनेन । मानिसहरु क्वारेन्टीमा बलात्कार हुनु परेको छ । खान नपाएर मर्न परेको अवस्था छ । यस जटिल अवस्थामा पनि सरकार आन्तरिक राजनीतिमा मात्र सीमित रह्यो । जनताले आफ्नो आन्तरिक राजनीतिक मिलाउ भनेर मत दिएका होइनन् देश बनाउ भनेर हो । महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक सबै अधिकार पाएको सरकार पुर्ण रुपमा निकम्मा भयो । सरकारलाई राम्रा कुुरामा साथ दिन हाम्रो पार्टी सदैव तयार छ । प्रधानमन्त्री आफै निर्मला को हत्यारा पत्ता लगाउन छोडेर रामको जन्मस्थल ठोरी भनेर हिन्छन् । बालुवाटार काण्ड भयो। आयल निगमका जग्गामा घोटला भयो । ललितानिवास , यति समुह, वाइडवडी । दुनिया भरका काण्ड भयो ।

काण्ड त भए, ती काण्डमा तपाईहरुले केही समय विरोध गरेजस्तो गर्नुहुन्छ, त्यसपछि काँग्रेसका नेताकै नाम त्यसमा जोडिन्छ । अनि चुप्प लागेर बस्नुहुन्छ । यही हो प्रतिपक्ष भनेको ? – सरकार काण्डै काण्डमा रुमलिएको छ । तर यसमा सरकारले प्रतिशोध राख्ने काम गर्याै । सरकारले कसैलाई झुठा मुद्धा लगाएर फसाउने काम गरिरहेको छ । हामी चाहान्छौ कानुन सच्चा होस्, तर पार्टीको झण्डा बोकेको आधारमा बचाउने काम भयो भने त्यसले संविधान नै ध्वस्त पार्छ । अहिलेका प्रधामन्त्रीलाई यो कानुन प्रति कुनै मतलव छैन । न त उहाँलाई संविधान मन परेको छ, न संघियता न गणतन्त्र । नाकमा नथ्थी लाएर घिसारिएको जसरी आउनुभएकोे छ । प्रचण्डको के कुरा गरौँ । उहाँको हैसियत पनि केपीको पछि हिड्ने मात्र भएको छ । बलुवाटार जग्गा प्रकरणमा पार्टीको निर्णयको आधारमा कारवाही गर्ने भनियो । आफ्नालाई माफी दिइयो, अरु पार्टीका मान्छेलाई झुटो अरोप लगाएर बदनाम गर्न खोजियो । यदि हाम्रो पार्टीका नेताहरुले गलत काम गरेका छन् भने उनीहरुलाई कारवाही होस, हामी सहयोग गर्छाैँ । तर कानुन हातमा लिएर फसाउने काम गर्न हामी कहिल्यै दिन्नौँ ।

त्यसमाथि अहिलेको जस्तो कमजोर प्रतिपक्ष हाल सम्म थिएन पनि भन्छन् । त्यसैमाथी काँग्रेस सरकारको सहयागी जस्तो बनेर सघाइरहेको पनि काँग्रेसकै नेताहरुले स्विकार गर्छन । प्रतिपक्षको रुपमा रहेको काँग्रेसले सरकारकोे सहयोगी बन्ने कि निगरानी गर्ने ? – तपाईले भनेको कुरा केही हदसम्म सत्य होला । संसदमा हाम्रो २५ प्रतिशत भोट छ । त्यसैले सभामुखमा उम्मेद्वारी दिएन भन्नु हुन्छ भने मेरो त्यसमा भन्नु केही छैन । अनि उपसभामुख अर्काे पार्टीकोे हुनुपर्छ । त्यसमा हामीले कुरा गरिरहेका छौँ । एकै पार्टीको राख्न खोजिन्छ भने हामीलाई मान्य हुँदैन । सरकारले लिएको मिडियाको विधेयक, फोन कुराकानी टेप गर्ने विधेयकको हामी खुलेर विरोध गरिहेकै छौँ । महान्यायधिवक्त देखी, सम्पति शुद्धिकरण तथा नेकपाले गर्न खोजेको शक्ति पृथकीकरणको विरुद्ध हामी कदम उठाइरहेका छौँ । अहिले संसद चलेको छैन । संसदमा आवाज उठाउनको निम्ती । त्यसेले हामीले बाहिरबाटै बोलिरहेका छौँ ।

खासगरी कांग्रेस नेतृत्वमा अनियमितता र भ्रष्टाचारका मुद्दामा अनौठो मौनता छ । त्यसको एउटा उदाहरण हो, वाइडबडी जहाज खरिद प्रकरण । आफ्नै पार्टीको नेतृत्वमा रहेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले रकम किटानीसहित भ्रष्टाचार भएको ठहर गर्दा समेत कारबाहीका लागि कांग्रेसले सदन तताउन सकेन । किन ? – मैले अघि नै भनिसके, यदि काँग्रेसका नेताहरुको यसमा गल्ती छ भने कानुनी कारवाही गरियोस् । त्यसमा हामी सहयोग गर्छाैँ । तर कानुन हातमा लिएर झुठा मुद्धा लगाउने काम हामी कदापी सहन्नौ । तपाईले भनेको मौनता काँग्रेसमा छैन ।

अनि यही हो त प्रतिपक्ष भनेको ? तपाईलाई अझै पनि लाग्छ काँग्रेस कडा प्रतिपक्षको भूमिकामा छ भनेर ? – संसदमा हामीहरुको जनमत व्यापक कमजोर छ । तरपनि संसदमा हामीले जोडदार माग उठाएका छौँ । त्यसैगरी सातै प्रदेशमा हाम्रो सरकार छैन । स्पष्ट दुई तिहाइ भएको सरकारले अहिले गर्न नसक्ने के छ ल भन्नुस त ? आफुले काम नगर्ने अनि दोष चाहि प्रतिपक्षलाई मात्र दिने ? यस्तो पनि हुन्छ ? काँग्रेस लोकतान्त्रिक पार्टी हो । देशमा हुने लोकतन्त्र विरोध कामको हामी सधै विपक्षमा रहन्छौँ र त्यसो हुन दिदैनौँ । ढुक्क हुनुस ।

अब महाधिवेशनको कुरा, अधिवेशनमा तपाईको तयारी के छ ? – म अहिले केन्द्रिय समितिमा छैन । त्यसैले केन्द्रिय नेतृत्वमा प्रवेश गर्ने गरी तयारी गरिरहेको छु ।

पार्टीभित्र निराशा मात्र छ, गुटै गुटले भरिएकोे छ, यस्तो अवस्थाको हुने महाधिवेशनले कस्तो नेता देला ? – हामीले यसलाई गुटको भन्दा पनि जुटको महाधिवेशन गराउन चाहान्छौँ । निराशालाई आशामा बदल्न चाहान्छौ । काँग्रेसलाई अझै लोकतान्त्रिक, गतिशिल, वुद्धिजिवीको पार्टी बनाउँछौ । हामीमाझ भएका असमझदारी कम हुँदै जान्छन् । काँग्रेस सहि बाटोमा आउँछ ।

अनि कसरी आउँछ सहि बाटोमा ? विपीलाई गणेणमान लाई भजेर हुन्छ त सधै ? नया दिने के त तपाईहरुले ? – त्यसो नभन्नु न । वीपी र गणेशमान नहुँदा पनि त काँग्रेसले बहुमत ल्यायो । जनताले काँग्रेसलाई विर्सर्दैनन् । त्यसैमाथि उहाँहरुको आर्शिवाद त छँदैछ, त्यसैले वीपी गणेशमानहरुलाई बिर्सने कुरा छैन । उहाँहरुले देखाएको बाटो मै काँग्रेस अघि बढ्छ ।
काँग्रेस यस्तो कमजोर हुनुमा कस्को दोष त ? – हामी सबैको दोष हो।। हामीले सहि कुरा सहि समयमा जनतालाई पुर्याउन सकेनौ । जनता सामु पुर्याउन सकेन । हामीले निर्वाचन गराएर घरघरमा सरकारर पुर्यायौँ । संविधान बनाउने देखी कार्यान्वयन समेत गर्ने बाटोमा अघि बढ्यौँ । तर जनतामाझ हामीले गरेको काम देखाउन सकेनौँ । अब यसमा पहिलो त नेतृत्वकै दोष हो । त्यसपछि कार्यकर्ताको दोष हो । हामीले मधेश तराई पहाड सबैकोे विश्वास जित्न सक्नुपर्छ । अबको नेतृत्व त्यस प्रकारको आउनुपर्छ । केही समय काँग्रेस कमजोर जनमतमा देखिएपनि जनताले काँग्रेसलाई कहिल्यै भुल्दैनन । काँग्रेस फेरी फक्रिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु