बलात्कृत महिलालाइ हालियो जेल, युवतीलाइ न्यायधिशले थर्काए- ‘तिमीलाइ लाज लाग्दैन?’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

८ साउन, काठमाण्डौ
देशमा यौन हिँसा विरुद्ध कडा कानुन बनाइएको छ । तर के कानुन किताबमा मात्र सीमित रहने हो यो पालना पनि हुने हो ?
एउटा बलात्कृत महिलालाइ कानुनी व्यवस्था, समाज र प्रशासनले कति भरोषा दिलाउन सक्छन कि यो लडाइ उ महिलाको मात्र होइन की समग्र देशको हो भनेर ।
तर भारतको विहारमा एक पीडादायी घटना घट्यो । एक बलात्कृत महिलालाइ न्याय दिनुको सट्टा बदलामा सरकारी काममा बाधा पुर्याएको भन्दै उनी र उनकी साथीलाइ दश दिन कारागारमै राखीयो । यो तब भयो जव ती महिला न्यायलायमा बयान दिन जान लागेकी थिइन् । ती युवतीलाइ त दश दिन पछि रिहा गरियो, तर उनलाइ साथ दिनेहरुलाइ भने छोडिएन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जब उनी जेल बाट बाहिर आइन, त्यसपछि उनले आफ्नो न्यायको लडाइको कथा बिबिसी हिन्दी सँग यसरी सुनाइन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

मेरो नाम खुशी हो । (नाम परिवर्तन) ६ जुलाइ रातमा मेरो सामुहित बलात्कार भएपछि दुनीयाले मलाइ यही नामले चिन्ने गरेको छ । र म आफै १० दिन जेलमा दिन काटेर फर्किएकी छु । हो तपाइले ठिक सुन्नु भयो – बलात्कार पनि मेरै भयो, र जेल जीवन पनि मैले नै भोगे । म मात्र होइन मेरा साथीहरु पनि जेल जान पर्याे । मेरो न्यायको लडाइमा साथ दिने कल्याणी दिदि र तन्मय भाइ लाइ पनि जेल पुराए ।

मेरो आगामी लडाइमा पनि उहाँहरु साथमा हुनुहुन्छ भन्ने मलाइ थाहा छ । तर उनी दुइलाइ अझै पनि जेलमै राखेका छन । ।जुलाइ को महिना थियो, हामी अररीया महिना थाना जाँदै थियो । त्यसपछि न्यायधिश सामु १६४ को बयान लेखाउनु थियो । हामी पैदलमा थियौ, कल्याणी दिदि र तन्मय भाइ भने केही अन्य साथीहरुको साथ अदालत पुग्नुभयो । म स्कुल पनि खासै पढन पाइन, तर २२ सालको उमेरमा धेरै कुराहरु भेगेर सिकियो । म तिनै कल्याणी दिदीको घर काम गर्थै र एउटा संगठनमा पनि जोडिएकी थिएँ । उहाँहरु सँग काम गरेपछि मैले यति धेरै कुरा बुझे कि, कानुनको नजरमा हामी सबै बराबर छौँ, र सबैले न्याय पाउँछौ भन्ने कुरा ।
त्यस दिन म यति धेरै नर्भस भएकी थिएँ, किनकी न्यायलयमा आफुले बयान दिनुपर्ने थियो ।

जब म कोर्टमा थिएँ ।
जब म अदालत पुगे, त्यो बेला मलाइ थाहा थिएन कि त्यस रात मोटरसाइकल सिकाउने भन्दै अर्काे मान्छेसँग मलाइ छाडेर भाग्ने केटा पनि त्यही थियो । त्यस रात मद्त माग्दै म चिच्याइरहेँ, तर उ रोकिएन । उ मेरो केवल साथी थियो । प्रेमी होइन । मलाइ साइकल चलाउन आउँथ्यो, त्यसैले मोटरसाइकल सिक्न भनेर उसको साथ गएकी थिए । उसले मलाइ मोटरसाइकल सिकाउने बाचा गरेको थियो । त्यस दिन म एकदम खुशी थिएँ, मोटरसाइकल सिक्न पाउछु भने र । केही दिन त म राम्रो सँग सिके, तर ६ जुलाइको रात त्यही केटाले मलाइ अर्काे सँग छोडेर गयो । त्यस बेला जे भयो, त्यही कारण आज म यसरी अदालतमा उपस्थित छु ।
अदालतमा जब म त्यो केटालाइ देखे, त्यो बेला उसकी आमा पनि त्यही थिइन, त्यसपछि म अझै बढी नर्भस भएँ । मेरो अघि त्यस रातका कुराहरु फेरी आउन थाले । मैले सोँचे के हाम्रो लागी छुट्टै ठाँउमा हाम्रो बयान लिन सकिने ठाँउ थिएन, के त्यही मानिसहरुको अघि नै लिनुपथ्र्याे ? मनले सोच्यो, चाँडै नै यो बयान सकेर यहाँबाट निस्कन पाउँ ।

के मेरो वयान चाँडै हुन सक्थ्यो ?

मलाइ रिँगटा लागीरहेको थियो । तर मलाइ तीन चार घण्टा त्यही गर्मीमा रहन पर्ने बाध्यता थियो । तर मलाइ त्यहा बस्नको निम्ती कुनै कुर्सीको व्यवस्था गरिएन । ताकी बसेर भएपनि केही पीडा कम हुँदो हो । त्यसो त त्यस रात पछि मै कति धेरै कष्ट भोगिरहेकी छु मलाइ मात्र थाहा छ । मलाइ मात्र थाहा छ, एक बलात्कृत महिलालाइ कति बदनामी सहनु पर्दछ भनेर ।

सबै परिवार, समाज के बोेल्छ, के के आरोप लगाउँछ मलाइ थाहा छ । हामी स्वतन्त्र भएर कतैे हिड्न डुल्न पनि सक्दैनौ । के मेरो मोटरसाइकल सिक्ने रहर गलत थियो ? के संगठनका दिदिहरु सँग हिड्नु गलत थियो ? के यही थियो मेरो बलात्कार हुनुको कारण ? यीनै कुरा मेरो दिमागमा घुमिरहेका थिए । सुरुमा उनीहरु बेल्न लागे, भन्न थाले कि, म पढेलेखेकी हैन, तर पनि साइकल चलाउछे, स्मार्टफोन राख्छे । मेरै खेदो खन्न लागे ।

त्यसपछि हिम्मत लिएर म बोल्न थालेँ । मलाइ पनि लाग्याो कि, मलाइ जे भयो, त्यो अरु कसैलाइ पनि नहोस । मलाइ सबैले आग्रह गरे कि मैले पुलिस केस गरुँ । त्यसपछि मैले यति धेरै समस्या झेले कि कुरै नगरौ । र अझै पनि कति धेरै झेल्न बाँकी छ जस्तो लाग्छ । यी चार दिनमा मैले कति पटक प्रहरीलाइ बताएँ कि मेरो बलात्कार र यो घटनामा जोडिएका मानिसहरुको बारेमा । तर मलाइ नै यस घटनामा जिम्मेवार बनाउन पनि खोजे । एक जना पुलिसले मेरो पुरा कहानी सबैका समुने पढे, त्यसपछि केटा पक्षका मान्छे बोल्न लागे । यति सम्म बोले की मलाइ बिहे गर्न भने । मलाइ यति पीडा अनुभव भयो कि म बिरामी नै हुन्छु जस्तो लाग्यो । अखबारमा मेरा नाम ठेगाना सबै छापिदिए ।

केही कतै कानुन छ कि हामीलाइ यस पीडादेखी बचाउन सक्छ ? किन पटक पटक बलात्कारको घटना बताइरन पर्छ ? किन सबै कुरा मेरा कुरा सबैका सामुन्ने बताइरहन परिरहेको छ ? यसैले जुन बदनामी सँग मलाइ डर लाग्थ्यो, त्यही बदनामी मेरो भइछाड्यो ।

त्यसपछि जजले बोलाए
अनुहार बाट कपडा हटाउन लगाए । मेरो अनुहार देख्दैे मलाइ चिनेको कुरा बताए । भने तिमीले साइकल चलाउने गथ्र्यौ, त्यसैले कति पटक तिमीलाइ बोलाउन पनि खोजेको हो । तिमीलाइ भन्न खोजेको हो ।

पछि मलाइ एउटा कोठामा बोलाइयो । त्यहा उनले केही लेख्न लागे र पढेर सुनाए पनि । जे कुरा उनी भनिरहेका थिए, मैले त्यो कुरा केही पनि बुुझेकै थिइन ।
मैले त्यसपछि भने, सर तपाइले भनेको कुरा मैले केही पनि बुझिन, मुखबाट रुमाल हटाउनुस । किनकी उनले मुखमा रुमाल राखेर बोलेका थिए ।  त्यसपछि हस्ताक्षर गर्न भने । तर स्कुल नगएपनि मलाइ यति चाही थाहा थियो कि, जबसम्म डकुमेन्ट नपढेसम्म त्यसमा हस्ताक्षर गर्नु हुँदैन भन्ने । त्यसपछि मैले कल्याणी दिदिलाइ बोलाउन भने, ताकी उनले पढेर सुनाए मात्र मैले साइन गर्ने थिएँ । त्यसपछि न्यायधिश चिच्चाउँदै भन्न लागे – के हामीमाथी भरोषा छैन ? लाज नभएकी, अलिकति पनि सभ्यता सकिएन , तिमीलाइ लाज लाग्दैन ? त्यसपछि मैले जवाफ फर्काएँ, कि तपाइ प्रति मेरो पुर्ण विश्वास छ, तर तपाइले पढेको कुरा मैले बुझ्न सकेको छैन ।

के केही नियम छ, जसले मलाइ यी कुरा सम्झाउन सक्छ ? मलाइ सारै डर लाग्यो । म त्यहा हस्ताक्षर गरे , बाहिर आएँ । त्यसपछि न्यायधिशले पुलिसलाइ बोलाए । त्यसपछि कल्याणी दिदिलाइ बोलाए । म र दिदि सँगै भित्र गयौँ । उनी अझै पनि रिस मै थिए । कल्याणी दिदी उनीसँग माफी मागिन । तर पनि हाम्रो कुरा कसैले सुनेनन । मलाइ पटक पटक सभ्यता नभएकी, लाज नभएकी भनेर गाली गरीरहे । भन्दै थिए कि कसैले मलाइ सभ्यता सिकाएनन । त्यसपछि मलाइ लाग्यो कि, काश यी न्यायधिशले मेरा कुरा सनिदिन्थे । हामी जति बोले पनि कसैले सम्झेका थिएनन ।

र म यो लडाइ यसै छोडदिन ।
हामी गरीब मानिसहरु भएरै हो हाम्रा कुरा कसैले नसुनिदिने ? शायद हामी धनी हुन्थ्यौँ भने सबैले हाम्रा कुरा सुन्ने थिए । के म गरिब बाट धनी हुन खोज्छु गलत हो ? त्यसपछि मैले जजलाइ त्यो बयान नबुझे सम्म हस्तक्षर नगर्ने कुरा बताउनु गलत हो ? मलाइ लाग्यो, त्यो कोठाले अब मेरा कुरा सन्दैन । त्यसपछि हाम्रो भिडियो बनाइयो र सरकारी काममा बाधा पुराएको भनेर जेल हालियो ।

त्यसपछि मैले पनि सोँचे, यति सम्म सहन सकियो भने, जेल पनि सहन्छु । त्यसपछि १० दिनमा मलाइ जेल बाट बाहिर पठाइयो । तर मेरा साथ दिनेहरु जेल मै थिए । हाम्रो विरुद्धमा केस पनि लगाइएको रहेछ । त्यसमा हामीले सरकारी कर्मचारीलाइ गाली गलौज गरेको आरोप लगाइएको थियो । हामी न्याय चाहान्थ्यौ । र यसलाइ यत्तिकै छोड्दैनो पनि ।
-बिबिसी हिन्दीबाट अनुवादित

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु