रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० गते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

७ साउन, काठमाण्डौ ।
रातो मत्स्येन्द्रनाथको रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको छ ।
गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको थिएन ।
पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायका अनुसार साउन १० गतेको लागि मुहूर्त जुरेको हो । पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ बजेर १० मिनेटदेखि १२ बजेर २५ मिनेट सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका हुन । सामान्यतया रथारोहणको चौथो दिनका रथयात्रा गराउने चलन थियो । यस पटक रथारोहणकै दिन रथयात्रा सुरु भए पनि अरू प्रक्रिया यथावत हुने राजोपाध्यायले जानकारी दिए ।
शनिबार रथारोहण गरिसकेपछि कृष्ण मन्दिर राजोपाध्यायहरू जसलाई शेशे बाज्या भनिन्छ । उनीहरूलाई गोदान गर्ने गरिन्छ । त्यसपछि साँझा ४ बजे तिर गुर्जु पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिक रूपमा रथयात्रा सुरु गर्ने चलन छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु