नेता कंडेलद्धारा आफ्नो जन्मदिनको खर्च पहिरो पीडितलाइ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

कौरव खत्री, गुल्मी ८ साउन – नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य योगराज कंडेल शर्माले आफ्नो जन्मदिनको रकम पहिरो पिडितलाई सहयोग गरेका छन् ।
नेपाली काँग्रेस गुल्मी काठमाण्डौ सम्पर्क समिति अन्तगर्त विपत व्यवस्थापन समिति संयोजक समेत रहेका कंडेलले जन्मदिनमा फजुल खर्च नगरी १५हजार, ५सय ५५ रुपैया रकम गुल्मी मुसिकोट नगरपालिका वडा नं.१ तल्लो पौदीका पहिरो पिडित रुद्र बहादुर विकको घर निमार्णको लागि आर्थिक सहयोग गरेका हुन ।
गत असार २ गते अविरल बर्षासँगै घर माथिबाट आएको पहिरोले घरलाई पूर्ण क्षति पु¥याएर विस्थापित भएका विकको नयाँ घर निमार्णको लागि नेपाली काँग्रेस मुसिकोट नगर कार्य समितिका सचिव मोहन घिमिरेको नेतृत्वमा अभियान नै थालेका छन् । उनको घर बनाउनको निम्ती आर्थिक सहयोग जुटाउन सहयोग अभियान सञ्चालन गरि हालसम्म विकको घर निमार्णका लागि विभिन्न व्यक्तिहरुबाट करिव ४० हजार रकम संकलन भएको आर्थिक अभियान्ता घिमिरेले जानकारी दिए ।
साथै गुल्मी छत्रकोट गाँउपालिका वडा नं. ४ सिङ्गा निवासी कंडेल हेली एभरेष्टका कार्यकारी निर्देशक तथा नेपाल हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव समेत रहेका छन । उनले हाल काठमाण्डौबाट गुल्मेली जनताहरुको दुःख र पिडामा हरपल निरन्तर रुपमा क्रियाशिल रहदै आएका छन् । साथै कंडेलले विगत केहि बर्षयता निरन्तर रुपमा आफ्नो जन्मदिनमा फजुल खर्च नगरीकन दिन दुःखीहरुको लागि सहयोग गदै आएका छन् । कंडेलले कोरोनाको महामारी र आपत विपतका बेला सामाजिक क्षेत्रमा आर्थिक एवं भौतिक र नैतिक रुपमा सहयोग र सेवामा लाग्न समेत सबैलाइ आग्रह गरे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु