लक्ष्यभन्दा बढी राजश्व उठाउन सफल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

संखुवासभा, ९ साउन
करदाता सेवा कार्यालय खाँदबारी आर्थिक वर्ष २०७५/७६ को तुलनामा यस आर्थिक वर्ष २०७६/७७ मा ६८.६४ प्रतिशत बढी आन्तरिक राजश्व कर उठाउन सफल भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत आर्थिक वर्षमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, ब्याज कर, बहालकर, पूँजीगत लाभकरलगायतका शीर्षकबाट रु २४ करोड ७४ लाख राजश्व सङ्कलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ती शीर्षकमा कूल १४ करोड ६७ लाख राजश्व सङ्कलन भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

करदाता सेवा कार्यालय खाँदबारीमा हाल व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता सङ्ख्या पाँच हजार ७६६, व्यावसायिक लेखा नम्बर लिने करदाता चार हजार ६६८ रहेको र ७४९ जना सेवाग्राहीले व्यावसायिक स्थायी लेखा नम्बर लिएको कर अधिकृत राजन विकले जानकारी दिए ।

लामो समयदेखि मुलुक कोभिड–१९ का कारण लकडाउन भएसँगै राजश्व उठाउनसमेत सरकारलाई हम्मेहम्मे परिरहेको बेला करदाता सेवा कार्यालय सङ्खुवासभाले भने यस आवमा बढी राजश्व उठाउन सफल भएको हो । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु