दुइ लाख युवाले कम्तीमा १ सय दिनको रोजगारी पाउँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख युवालाई सय दिनको रोजगारी दिने भएको छ । चालू आर्थिक वर्षमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । घरपरिवारमा कोही पनि सदस्य रोजगार नभएका, दुई लाख जनालाई रोजगारी दिन लागिएको मन्त्री रामेश्वरराय यादवले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पन्ध्रदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा लगाई चालु आर्थिक वर्षमा सय दिनको रोजगारी दिन लागिएको उनको भनाइ छ । गत आर्थिक वर्षमा ८२ हजार ६ सय ३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सय दिनको रोजगारी पाएका थिए । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । गत असारसम्ममा ७ सय ५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५ सय ९५ जना बेरोजगार व्यक्ति सूचीकृत भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु