गुल्मीको रेसुङ्गामा ‘रुख घर’ चढेर हिमाल दर्शन

Tree House Unaychaur, Gulmi. Photo-Picknepal

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 196
  •  
  •  
  •  
  •  
    196
    Shares

तम्घास – गुल्मीको रेसुङ्गा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् । एउटा करीब १५ मिटर अग्लो सल्लाका रुखमा विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी रुख घर निर्माण गरिएको छ । उक्त घर गत वर्ष भदौ ३ गतेदेखि सञ्चालनमा आएको र निकै चर्चा कमाएको थियो । प्रदेश नं ५ सरकारको रु १३ लाख लगानीमा डिभिजन वन कार्यालय, गुल्मीले रुख घर निर्माण गरेको हो । सदरमुकाम तम्घासबाट सात किलोमिटरको यात्रापछि रुख घर पुग्न सकिन्छ । त्यसपछि सल्लाको रुख वरिपरि बनाइएको करिब १० मिटरजति सिँढी अर्थात् भ¥याङ चढेपछि रुखमै निर्माण गरिएको घरमा पुगिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त घरबाट जिल्ला सदरमुकाम तम्घासका विभिन्न क्षेत्र, अर्घाखाँची, बाग्लुङ, प्युठानलगायत विभिन्न जिल्ला र हिमशृङ्खला देख्न सकिन्छ । रुख घर अवलोकन गर्ने जोकोहीले पनि प्राकृतिक सौन्दर्य र आनन्द लिने गर्छन् । रुख घर अवलोकन गर्नका लागि जिल्लाका विभिन्न स्थानका साथै अर्घाखाँची, बागलुङ, स्याङ्जा, कास्की, दाङ, प्युठान, रुपन्देही, काठमाडौँलगायत जिल्लाका मानिस आउने गरेको रुख घरका व्यवस्थापक घनश्याम पन्थीले जानकारी दिनुभयो । लकडाउन शुरु भएदेखि भने त्यसरी आउने मानिस ह्वात्तै घटेका छन् । ‘केही समय दैनिक १३ हजारसम्म पनि टिकट बिक्री भयो तर अहिले त सुनसान जस्तै बनेको छ’, उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ त शून्य नै हुन्छ, कहिलेकाहीँ भने दैनिक ५० जनासम्म आउनुभएको छ ।’ यदि यही गतिमा पर्यटक नआए सञ्चालन खर्च धान्न पनि मुश्किल पर्ने उहाँको भनाइ छ । लकडाउनअघि ६ महिनाका अवधिमा तीन हजार ८७५ जना र १३ हजार १७० अन्य गरी कुल १७ हजार ४५ जना तथा बन्दाबन्दी भएदेखि चैतदेखि हालसम्म जम्मा एक हजार एक जनाले रुख घरको अवलोकन गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रुख घरमा चढ्नका लागि वृद्धवृद्धाका लागि निःशुल्क, विद्यार्थीका लागि रु १० र अन्य व्यक्तिका लागि रु २० तोकिएको छ । हालसम्म टिकट बिक्रीबाट रु तीन लाख २२ हजार १७० आम्दानी भएको पन्थीले बताउनुभयो । टिकट बाट सङ्कलित रकम मन्दिर व्यवस्थापन समितिले बचत गरेको छ । सिस्नेहार पाताल सामुदायिक, चुमाले उनायचौर सामुदायिक, दीप सामुदायिक वन र उनायचौर खड्गभगवती मन्दिर व्यवस्थापन समितिले घर हेरचाह गरेका छन् । विभिन्न समितिमार्फत रुख घरको व्यवस्थापन र सञ्चालन गरिएको छ । रुख घरको व्यवस्थापनका लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । रेसुङ्गा नगरपालिका –७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले अब विस्तारै खुकुलो हुँदै गएकाले रुख घरमा पर्यटक आउने क्रम शुरु हुने विश्वास व्यक्त गर्नुभयो । रेसुङ्गा नगरपालिकाले रुख घरको गुरुयोजना बनाउने तयारी गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले पर्यटकीयस्थल रेसुङ्गासँगै घरलाई ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । नगरपालिकाका सबै पर्यटकीय क्षेत्रलाई समेटेर रेसुङ्गा परिपथ बनाइने र त्यसैमा रुख घरको विकास गरिने उहाँको भनाइ छ । – रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु