कोरोनाको दोस्रो भ्याक्सिन पनि बनाएको रुसको दावी, नोभेम्बरबाट उत्पादन थालिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाण्डौ । गत अगष्ट १२ मा पहिलो कोरोना विरुद्धको खोप दर्ता गरी उत्पादन पनि थालिसकेको रुसले यस भाइरसको दोस्रो भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रुसले यस भ्याक्सिनको कुनै साइड इफेक्ट नभएको बताइएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘स्पूतनिक भी’ नामको कोरोनाभाइरस भ्याक्सिन बनाएको घोषणा गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यद्यपि, यो भ्याक्सिनका थुप्रै साइड इफेक्ट भएको भन्दै रुसको अत्यधिक आलोचना भएको थियो । एपिभ्याक कोरोना नाम दिइएको दोस्रो भ्याक्सिनमा भने पहिलो भ्याक्सिनमा भएको साइड इफेक्ट नभएको दावी गरेको हो ।

रुसले यो दोस्रो भ्याक्सिनबारे पनि थुप्रै शंका गरेका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको भ्याक्सिन सन् २०२१ भन्दा अघि आउन नसक्ने जानकारी दिइसकेको छ ।
रुसी वैज्ञानिकले नयाँ भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पुरा हुने बताएका छन् । ५७ व्यक्तिमाथि नयाँ भ्याक्सिन लगाइएको र उनीहरु पूर्ण रुपमा स्वस्थ र राम्रो महसुस गरिरहेको पनि दाबी गरिएको छ ।

नयाँ भ्याक्सिनको दुई डोज लगाउनुपर्नेछ । पहिलो डोज दिएको १४ देखि २१ दिनपछि दोस्रो डोज लगाउनुपर्नेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सिन रजिस्टर गर्ने र नोभेम्बरबाट यसको उत्पादन सुरु गर्ने आशा राखेको छ ।

वेस्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसको १३ सम्भावित भ्याक्सिनमाथि काम गरेको थियो । स्मरण रहोस्, चीन, अमेरिका र बेलायत पनि कोरोनाको सफल भ्याक्सिन तयार गर्न जुठिरहेका छन् र तीमध्ये तीन देशको भ्याक्सिनको तेस्रो चरणको ट्रायल चलिरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु