गुल्मीमा सुरक्षीत आप्रवासन परियोजना ठप्प : कर्मचारीको आर्थिक प्रलोभन र राजनीति मुख्य तगाँरो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 101
  •  
  •  
  •  
  •  
    101
    Shares

रेशम कुवँर, गुल्मी ११ साउन ।
छनौट समितिले राजनीतिक संरक्षण र आर्थिक प्रलोभनमा परेर निर्णय लिदा गुल्मीमा सुरक्षीत आप्रवासन (सामी) परियोजना कार्यन्वयनमा समस्या देखिएको छ । नेपाल सरकार र स्विस सरकारको संयुक्त सहयोगमा संचालित सुरक्षित आप्रावासन (सामी) परियोजना एक बर्ष बितिसक्दा पनि कार्यन्वयनमा आउन सकेको छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत साउनमा संचालन हुनुपर्ने यो सुरक्षित आप्रावासन (सामी) परियोजना जिल्लामा संयोजन गर्ने जिम्मेवारी पाएको निकाय रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीले राजनीतिक प्रभाव र संरक्षणको आडमा सूचना लुकाउदा लुकाउदै र सच्चाउदा सच्चाउदै एक बर्ष बिताए ।
गुल्मी जिल्लामा कार्यक्रम संयोजन गर्ने जिम्मेवारी पाएको निकाय रेसुङ्गा नगरपालिकाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीको लापरबाहीका यस्तो अवस्था आएको तर्क स्वयं नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आर्थिक बर्ष ०७६/०७७ को साउन देखि नै संचालन हुनुपर्ने परियोजनामा आफ्नो राजनीतिक र आर्थिक स्वार्थ पुरा नभएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र सूचना अधिकारी शंकरप्रसाद गौतमको योजनामा आफ्नो योजना पुरा नहुने देखिएपछि ०७७ असार २७ तय गरिएको परीक्षा समेत स्थगित गराएका थिए ।

रेसुङ्गा नगरपालिकाले परियोजना संचालनका लागि सेवा प्रदायक सस्था छनौटका लागि ०७६ साउन २६ गते प्रथम पटक सूचना प्रकाशित भएको थियोे । उक्त समयमा प्रकाशित भएको सूचना राजनीतिक संरक्षणमा प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको योजनामा पत्रीका लुकाउने,सूचना पाटी र वेबसाईटमा सूचना अन्तिम समयमा मात्र टासिंएको देखिएपछी जनप्रतिनिधि र कर्मचारी बिच विवाद हुदा सेवा प्रदायक सस्था छनौट गर्न ६ महिना बितेको थियोे ।

पहिलोपटक लुकाइएको सूचनाबाट ३ वटा सस्थाले आवेदन दिएकोमा नयाँ खरिद ऐन बमोजिम प्रक्रिया नपुगेको भन्दै पुन मङसिर १ गते दोस्रोपटक सूचना प्रकाशित भएकोमा ७ वटा सस्थाले आवेदन दिएका थिए । आवेदन दिएका ७ मध्य ३ वटा सस्थालाइ अन्तिम सुचीमा राखेर प्राविधिक र आर्थिक प्रस्ताव माग गरिएको थियोे ।

मङसिर २१ गते सबैको रोहवरमा खोलिएका प्राविधिक मुल्यांकनबाट आफ्नो स्वार्थ पुरा नहुने अवस्था देखिएपछि खरिद ऐन,नियमावली र प्रस्ताव लेखन निर्देशिका विपरीत सेवा प्रदायक सस्थालाई अयोग्य घोषणा गरिएको गुनासो सस्थाहरुको छ। आर्थिक प्रलोभनमा परेर छनौट समितिका केहि ब्यक्तीले राजनीतिक संरक्षणमा यस्तो निर्णय भएको आरोप उनीहरुको छ।

प्रस्ताव लेख्नुभन्दा केहि समय अघि दातृ निकायको तर्फबाट कार्यक्रम हेर्ने हेल्भाटासका प्रतिनिधि लालबाबु कुसवाहले एक बैठकमा जनशक्ति प्रस्ताव गरेको व्यक्तिले काम गर्न नचाहेमा पेश गरिएको योग्यता भन्दा कमको व्यक्ती नियुक्ति गराउन नपाइने ब्यबस्था निर्देशिकाले गरेको भनेकोमा छनौट समितिका केहि सदस्यले पुर्वाग्रह ढंगले कुनै सस्थाको नम्बर घटाउने र कुनैको नघटाउने काम भएको देखिन्छ ।

यस घटनाका मुख्य पात्र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी र सूचना अधिकारी शंकरप्रसाद गौतम देखिएपनी उनीहरुले राजनीतिक संरक्षकत्व र आर्थिक प्रलोभनमा परेर यो काम गरेको आरोप सस्था प्रतिनिधिको रहेको छ ।

कुनै पनि सस्था छनौट हुन नसकेको भनी हतास मनस्थितिमा माघ १० गते र फागुन १० गते भनी रेसुङ्गा नगरपालिकाका प्रशासकीय प्रमुखले दुई पटक सूचना जारी गर्नु,निर्णयमा असहमत हुने कर्मचारीलाई राज्यसत्ताको दुरुपयोग गरि गलत ढंगले सरुवा गर्ने,सिलसिलेवार रूपमा भएका गलत कामले प्रमाणिात गरेको सस्था प्रतिनिधिको छ।

यस घटनाका सम्बन्धमा नेपाल प्रेस युनियन गुल्मीका उपाध्यक्ष हेम त्यागीले सूचना माग गरि ल्याएको सूचनाले पनि छनौट समितिले गलत नियतले सस्था छनौट प्रक्रियालाई जबर्जस्त रद्ध गराएको बताए ।

भण्डारीले माग गरेबमोजिमको सूचना नदिएपछि गत बर्ष मँसिर ८ र माघ १० गतेको निर्णय प्रतिलिपी,जनशक्ति फेर्न नपाइने भनी उल्लेख गरिएको बुदा लगायतका विवरण फागुन २९ गते पेश गरेकोमा नगरपालिका र छनौट समितिले दिन आलटाल गरिरहेको कुरा बताए ।

यसै बिषयलाइ लिएर नेपाली कांग्रेस गुल्मी र नगरसमितिले प्रभावकारी र पारदर्शी ढंगले कार्यक्रम अघि बढाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा दबाब कार्यक्रम सन्चालन गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु