कोरोना भाइरससँगै सामाजिक समस्या : बुझाई भन्दा त्रास धेरै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 112
  •  
  •  
  •  
  •  
    112
    Shares

सरोजराज पन्त

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व आज कोरोनाभाइरसका कारण विश्वका नेपाललगायतका राष्ट्रहरुले कल्पनाभन्दा बढी क्षति भोग्नु परेको छ । यही कल्पना बाहिरको महामारीले दिनहुँ निकै चुनौतीका लहरहरु थपिदिएको छ । कोरोनाले मानव जनजीवनमात्र होइन जीवनका हरेक पक्षसगैँ अर्थतन्त्रलाई धरासायी बनाएकोले जन धनसँगै भोकमरीको खतरा पनि बढदो छ । कोरानाका कारण व्यापार, व्यवसाय, उत्पादनका कामहरु ठप्प हुँदा जनजीवन बिक्षिप्त छ । कोरोनाभाइरसले सामाजिक, आर्थिक, सास्कृतिक, मनोवैज्ञानिक रुपमा मानिसलाई तहस नहस बनाएको छ भने रोगले भन्दा भोक, शोक र सामाजिक तिरस्कारका कारण मर्ने खतरा बढदै गएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोनाको कारण जनजीवन कष्टकर बन्दै जादा दिनभरि काम गरेर बिहान बेलुका छाक टार्ने वर्ग र मध्यमवर्गलाई अहिले निकै मर्माहित बनाएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि क्षमताले भ्याएसम्मका काम गरिरहेको जानकारी दिदैँ आएको छ । अहिलेको तुलनामा संक्रमण बढ्दै गयो भने अब हामीसँग भएको स्रोतले कोरोनाभाइरस बिरुद्धको लडाइ लडन सकिने देखिदैन । कोरोनाकोे संक्रमण अहिले समुदाय स्तरमा प्रवेश गरिसकेको मात्र छैन यसले दिनहुँ आक्रान्त पारेको छ तथापि अपेक्षित रुपमा पिसिआर टेष्टको दायरा बढन सकेको छैन । अहिले समुदाय स्तरबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ तथा पिसीआर परीक्षणको दायरा फराकिलो बनाउन माग भइराखेको छ । तद्यापि सरकारले पिसिआर टेष्ट महगो रहेकोले यो टेष्टको लागि दबाब नदिन आग्रह गरेको छ । यसैगरी लक्षण नदेखिएका बिरामीलाई घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न जनतालाई आग्रह गरेको छ । कतिपय बिरामीहरु आफ्नो घरमा सुरक्षित रुपमा आइसोलेसनमा बस्ने वातावरण भएकाहरु होम आइसोलेसनमा बस्न अर्थाएको छ । पोजेटिभ रिपोट आएका संक्रमितको १० दिनमै नेगेटिभ रिपोट आएमा पनि अस्पतालमा नराखी घर पठाउने भन्नुले अब हामी आफै सजग बन्नुको विकल्प नरहेको स्पष्ट हुन्छ ।

अब कोरोनाबाट डराएर, भागेरमात्र संक्रमणबाट बच्न सकिदैन कोरोनासँगै बाँच्न सक्नु आजको आबश्यकता भएकोले कोरोना संक्रमण वृद्धिसँगै हामीहरुको भावनात्मक सम्बन्धको दूरी बढन नदिइ भावनात्मक दूरी निकट राखी, भौतिक दुरी कायमगरी कोरोनासँग लडनु बुद्धिमता हुन्छ । मिलिजुली बसेको नेपाली समाजमा कोरोनाले सामाजिक दूरी र भौतिक दुरी कायमगरी बस्न सहज छैन यद्यपि दुखमा रोइ लाग्ने सुखमा खाईलाग्ने समाजमा सामाजिक दूरी र भौतिक दुरी कायम गर्ने नाममा विभेद सृजना गरेको छ । सामाजिक दूरी कायम गर्ने सन्देशलाई हाम्रो समाजले एकअर्काको घृणागर्नु पर्दछ भन्ने भावना पैदा गरिदिएको छ । समयमानै कोरोनाका बारेमा पर्याप्त सत्य तथ्य सुचना समयमा समाजका सबै तह र वर्गमा सकरात्मक रुपमा प्रसार भएन । सामाजिक दूरीलाई नकरात्मक रुपमा बुझियो तर सकरात्मक रुपमा बुझाउन सकिएन त्यसैले समाजमा फरक व्यवहार देखिएको छ ।

सहज अबस्थामा छोरा छोरीलाई डाक्टर बनोस भन्ने नेपाली परिवार र समाजमा अहिले किन डाक्टरलाई तिरस्कृत गर्दछ ? यसरी संवेदना, मानवता बिहिन भएर लाग्ने हो भने आफु बिरामी हुँदा कसले उपचार गर्ने ? आदि प्रश्नहरु आज सबै नेपाली मानसपटलमा उठनु पर्ने होइन र ?

समाजका हरेक पेशा आफनो ठाउँमा महत्पुर्ण छन तथापी स्वास्थ्यकर्मीहरुको पेशा तुलनात्मक रुपमा महत्पुर्ण र सम्मानित रहेको छ । बर्तमान महामारीमा संक्रमितको उपचारकालागि दुधेवालक देखि बृद्ध बाबा आमा, श्रीमान श्रीमती र परिवारलाई महिनौ देखि चटक्क छाडेर खटेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा आक्रमणका घटना बढदै गएका छन । यी अमानवीय र आपराधिक गतिविधि हुन् । यो कोरोना महामारी विरुद्धको लडाईमा अग्रपंक्तिमा अनवरत खटिने स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी र सवारी चालकहरू अहिले सेवा गर्दा गर्दे शंकास्पद रुपमा दिनहुँ संक्रमित हुन विवश छन । यो अबस्था आउनुमा उनीहरु संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले हो भन्ने कुराको वास्तविकता व्यतिm र समाजले किन बुझेन ? उनीहरुलाई बढी जोखिममा पार्ने हामीहरु हौँ किनकि माक्स नलगाई लखर लखर बेकाममा पनि बाहिर निस्कने, सामाजिक दुरी कायम नगर्ने, भिडभाडमा हिडने, प्रहरीलाई देखेमात्र माक्स लगाउने आदि कारणले संक्रमित र बिरामी भएकोले संक्रमितको उपचारमा खटेका स्वास्थ्यकर्मी उपचारमा खटनु परेको हो भनी समाजले किन बुझन सकेन र उनीहरु माथि अमानवीय रुपमा दुर्वयवहार तथा आक्रमण भएका छन । स्वास्थ्यकर्मीले यस्तो जोखिमपूर्ण काम किन, कसलाई र केका लागि गरेका हुन भन्ने कुरा साँच्चि व्यक्ति र समाजले नबुझेकै अबस्था हो वा लापरबाही हो ? यस्तो कठिन समयमा किन स्वास्थ्यकर्मीलाई हातपात, गालीगलौज र दुर्वयवहार गरिनुले हाम्रो समाज कति सम्वेदनशील छ ? सहज अबस्थामा छोरा छोरीलाई डाक्टर बनोस भन्ने नेपाली परिवार र समाजमा अहिले किन डाक्टरलाई तिरस्कृत गर्दछ ? यसरी संवेदना, मानवता बिहिन भएर लाग्ने हो भने आफु बिरामी हुँदा कसले उपचार गर्ने ? आदि प्रश्नहरु आज सबै नेपाली मानसपटलमा उठनु पर्ने होइन र ?

कोरोना संक्रमण सम्बन्धमा सही सूचना समयमा प्रवाह हुन नसक्दा धेरै अन्योल सृजना भएकोले यी समस्याहरु दोहारिरहेका छन् । कहिले हावाबाट सर्दछ, तरकारी फलफुल, सरसामान आदिबाट सर्दछ भनेर सुरुवाती चरणमा धेरै मानिस त्रसित भए । कोरोना संक्रमणबारे समयमा पर्याप्त जनचेतना नपुगेकाले सर्वसाधारणले सजिलोसँग गरी बुझ्ने गरी सचेतना र जनचेतना फैलाउन सकिएन । त्यसैले व्यतिm र समाजमा अपमान, असमानता र छुद्र व्यवहार देखिन पुग्यो । फ्रन्टलाईनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीहरुकोे सम्मानका लागि समुदायमा सचेतना फैलाउनुपर्ने देखिएको छ । स्वास्थ्यकर्मीहरु संक्रमितहरुसँग नियमित सम्पर्कमा आउदा आफै बिरामी भएको अवस्था छ तर जनचेतनाको अभावकै कारण स्वास्थ्यकर्मीहरुसँग समुदाय त्रसित भएकोले अमानवीय व्यवहारका घटना बढेका छन् । मानवीय सेवामा दिनभरि खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मान, प्रोत्साहन तथा हौसला दिनु पर्नेमा बासको समेत समस्या रहेको छ । सरकार, जनप्रतिनिधि, सञ्चारमाध्यम, समुदाय सबै तर्फबाट उहाँहरुको हौसला बढाउन ढिला भई सकेको छ । अर्कोतिर सरकारले निषेधाज्ञा लागू गरेपनि हरेक दिन कोरोना संक्रमितको दर बढिरहेको छ । लकडाउन, निषेधआज्ञा, सामाजिक दुरी, भौतिक दुरी कायम गरौँ भन्ने सन्देशलाई समाजले सकरात्मक रुपमामात्र लिनु पर्नेमा नकरात्मक रुपमा लिएको कारण बिविध सामाजिक समस्याहरु थपिएका छन । कतिले निषेधाज्ञापछि समस्या समाधान भन्दा समस्याहरु थपिएका बुझेको पाइएको छ । हामीले संक्रमण र मृत्युको दोष सरकारलाई लगाइ रहेका छौं । तर हामी दोषी छौं वा छैनौँ हेक्का समेत राख्न र यसको हिस्सेदार हामी पनि हौं ।

यस्तो बिषम अबस्थामा स्वास्थ्यकर्मीलाई हातपात, तिरस्कार, अपमानगरी मनोवल खस्काउँने काम नगरी थप सङ्क्रमण हुने खतरा रोक्न र कोरोनासँग डटेर लडन स्वास्थ्य, गृह र अर्थ मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारबीचमा निरन्तर समन्वय आबस्यक छ ।

हो, हामीलाई कोरोनाको डर त्रास छ । तर स्वतन्त्र भएर हिडन पनि मन लाग्दछ । कुनै पाटीले गरेको बन्द जस्तै कतिबेला खुल्छ भनी अनुशासनपालना नगरी छाडा तरिकाले हिडछौँ । एक छिन टिभी, इन्टरनेट, रेडियामा सन्दा हेर्दा गम्भीर हुने लकडाउन खुलेपछि फेरि पुरानै पाराले हिँडिरहेका हुन्छौँ । हामी हाम्रो वर्तमानको रक्षा कति सजग छौ भन्ने कुरा यसले देखाउँछ । प्रहरी देखे पछिमात्र मास्क लगाउने, मास्क लगाउने तरिका सिकाउनु पर्ने अबस्था छ । यो नजानेर हो वा नटेरेर हो कलेज पढने युवायुवतीहरु, शिक्षित पढेलेखेको सहरी क्षेत्रका मानिसले पनि घाटीमा माक्स राख्ने,पटक पटक हातले छुने, नाक खुला छाडेर मुखमात्र ढाक्ने, बाटोमा प्रहरी हुन्छन भनी माक्स लगाउने तर एकअर्कासँग कुराकानी गर्दा हटाउने बानी गर्नुले कोरोना संक्रमण नियन्त्रणमा कसरी आउन सक्छ । सही तरिकाले मास्क लगाउँदा नाकमुखमात्र छोपिन्छ तर आँखा खुला हँुदा आँखामा थुकका छिटा पुगेर संक्रमण फैलिन्छ । यसरी माक्स नै नलगाउने जथाभावी माक्स लगाउने बानीले कोरोना कसरी संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ ? अर्को हाम्रो बानी जथाभावी थुक्ने, अनुहारमा हात लगिराख्ने, नाक कोट्याउने, सिडी, रेलिङ्ख छुदेै हिडने बानीले कोरोना संक्रमण फैलिने खतरा र नियन्त्रणमा जटिल ल्याउँदछ । यदि मास्क लगाउन अटेर गर्ने हामीलाई अमेरिका, भारत, इटली, स्पेन र बेलायतमा जस्तै संक्रमित बढ्दै गएर स्वास्थ्यकर्मी अपुग भई उपचार नपाउँने, अस्पतालमा सिट र ठाउँ नभएर उपचार नपाउने अबस्था आए के गरौला अब सोच्न ढीला भएन र ? अहिलेको संक्रमणदर र मृत्यु हुने संख्या विश्लेषण गर्दा त्यस्तो भयाबह अबस्था नआउला भन्न सकिन्न ।

यस्तो बिषम अबस्थामा स्वास्थ्यकर्मीलाई हातपात, तिरस्कार, अपमानगरी मनोवल खस्काउँने काम नगरी थप सङ्क्रमण हुने खतरा रोक्न र कोरोनासँग डटेर लडन स्वास्थ्य, गृह र अर्थ मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारबीचमा निरन्तर समन्वय आबस्यक छ । सत्य तथ्य सुचनाको प्रवाह, हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेसन तथा सुरक्षा व्यवस्था गरी थप श्रोतसाधन पहिचान र व्यवस्थापन गरी कार्य सम्पादन गर्न, समयमा रोगको पहिचान, परिक्षण र उपचार गर्न आवश्यक छ । मृत्यु पछि रिपोट आउने र पछि मलामी र सम्पर्कमा रहेका व्यतिm खोज्ने गल्ती अब दोहोरिनु हुदैन । बिरामीको उचित उपचार गर्न सर्बप्रथम स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित राख्नु पर्दछ भने स्वास्थ्यकर्मी , डाक्टर तथा नर्सहरुको पनि इमान्दार भई कुनै भेदभाव,पक्षपात नगरी इमानदारी पवित्र सम्बन्ध बनाएर काम गर्नु पर्दछ ।

अब कोरोना भाइरस कोभिडसँग जुध्नु, दैनिक व्यवहार परिवर्तन गर्नु र कोभिडसँग बाँच्न सिक्नु, खानपानमा ध्यान दिएर, भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र दैनिक सरसफाईमा विशेष ध्यान दिनु अत्यन्त जरुरी छ । हालसम्म कोरोना भाइुसरको खोप बनेर पुर्ण प्रयोगमा नआएकोले सर्तकता अपनाउनुको कुनै विकल्प छैन । तद्यापि रोग लाग्न नदिन भने हामी सहजै सक्दछौ ।
यो स्थितिमा अब कसैले केही गरिदेला भन्ने आसा गर्नु भन्दा आफ्नो ज्यान आफैं जोगाउनुपर्ने अवस्था आएको छ । सर्वप्रथम अनिकालमा बीउ जोगाउने, हुलुमलमा जिउ जोगाउने भनाईलाई आत्मसाथ गरी आफना लागि आफैँ सुरक्षित हुनुपर्दछ । अव सरकारले सबै गरिदेला भन्ने भरमा नपरी आफ्नो ज्यान आफैं जोगाउनुपर्ने अवस्था आई पुगेकोले आत्मवल बढाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने काममा अग्रसर भई निरन्तर लाग्नुपर्ने देखिन्छ । यसैगरी चुनौतिसँग लडन आगामी दिनमा नागरिक सचेत हुनु पर्दछ । हामी जति सजग र सचेत हुन्छौ र जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौ त्यति नै सुरक्षित रहन्छौ । यो समयमा अरु देशका उपलव्धि, सफलता, उपचारका तौर तरिका र अनुभवबाट बच्न सिक्नका लागि विज्ञहरुका कुरा सुन्न, मेडिकल जर्नल, पत्रपत्रिका, अनलाइन पोर्टल आदिको अध्ययन गर्न आवश्यक छ । मिडिया,सामाजिक सञ्जालले पनि त्रास, भ्रम सृजना गर्ने समाचार प्रसार नगरी सकरात्मक भुमिका खेल्नु पर्दछ । यसैगरी अर्काका लागि माक्स लगाउने होइन, सही ढगले आफनै लागि लगाउने हो, लकडाउन, निषेधआज्ञा र सुरक्षाका बिधिहरु आफनै लागि हो भन्ने बिषयमा व्यतिm सचेत हुनुपर्दछ । नागरिक समाजले पनि यस बिषयमा विशेष ध्यान दिई व्यापक सचेतना फैलाई आफु र आफनो समाजलाई सुरक्षित राख्ने रणनीति बनाउनु पर्दछ ।

पन्त धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा प्राध्यापनरत छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु