साउदीका राजाले अस्पतालबाटै चलाए मन्त्रिपरिषद

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

रियाद, ७ साउन

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिरामी भएर अस्पतालमा उपचार गराइरहेका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषदको अध्यक्षता गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साउदी प्रेस एजेन्सी एसपिएका अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना भएका थिए । राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरुको प्रबन्ध गरिएको छ । राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गरेका छन् । मन्त्रिपरिषद बैठकमा मक्कामा हुने आगामी हज तिर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तिर्थयात्रामा सहभागी हुनेहरुको संख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरुले साउदी अरेबिया निवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए । तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी संचार माध्यमहरुले जनाएका छन् । विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु