विप्लव समूहद्वारा स्काभेटरमा आगजनी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

नुवाकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नुवाकोटमा स्काभेटर आगजनी गरी गाउँपालिकाका अध्यक्षलाई जनकारबाहीको धम्की दिएको छ । समूहले जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको स्काभेटरमा आगजनी गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङलाई गाउँपालिकामा आफैँले आगो लगाएको हो भनेर स्वीकार गर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

समूहमा आएका अज्ञात व्यक्तिले स्काभेटर गए राति आगजनी गरेको पीडित तामाङले जानकारी दिए । उनका अनुसार आगजनीबाट स्काभेटरको चालक बस्ने सिटलगायतमा पुगेको क्षति रु २० लाख बराबरको छ । त्यस स्थानमा समूहले कारबाही गरिएको आशयको पत्र छाडेको प्रहरीले जनाएको छ ।

पत्रमा दुई वर्षअघि समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।
यसैगरी समूहले विज्ञप्ति जारी गरी म्यागङ गाउँपालिका कार्यालयको स्टोर शाखामा गत वैैशाख ८ गते दिउँसो भएको आगलागीको घटना गाउँपालिकाका अध्यक्ष आशा तामाङले गराउन लगाएको भनी गल्ती सच्याई माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु