कोरोना जितेका सांसद शाही भन्छन : 'कोरोना जित्न आत्मबल चाहिने रहेछ’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 55
  •  
  •  
  •  
  •  
    55
    Shares

७ साउन, सुर्खेत
कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन् । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनी आफ्नै निवासमा आइसोलेशनमा रहेका थिए । नेता शाहीको आरटी पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो । “उहाँको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,” निर्देशक डा खड्काले भने । “अब उहाँ सामान्य जीवनमा जान सक्नुहुन्छ ।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफुले सामान्य बनाएको राससलाई बताए । मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको अनुभूति उनले प्रकट गरे । यस्ता विषयमा मिडिया संवेदनशील हुनुपर्ने उनको सुझाव थियो ।

“मूलतः कोरोना भाइरस जित्न आत्मबल चाहिने रहेछ,” रासससँगको कुराकानीमा नेता शाहीले भने, “ मायाममताको बढी खाँचो पनि त्यत्तिकै हुँदो रहेछ ।” कोरोनाले नभई मनोविज्ञानले मान्छेलाई गलाउँदो रहेछ भन्ने अनुभूति भएको प्रतिक्रिया दिँदै उनले भने, “आत्मबल कमजोर नै बनाइएन । घरमै बसेर तातोपानी खाइयो । दैनिक पसिना बग्ने गरी अभ्यास गरियो । रोग त आफैँ च्वाट भयो ।”
नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे । सो अवधिमा आफ्नो स्वास्थ्यका बारेमा चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति उनले कृतज्ञता व्यक्त गरे ।  रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु