नया अर्थमन्त्री आएपनि शेयर बजारमा देखिएन उत्साह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौँ ।
अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नियुक्त भएसँगै शेयर मार्केटमा उत्साह आउने अपेक्षा गरिएपनि कारोबारको अन्तिम घडीमा आएर अपेक्षा अनुसारको सकारात्मक नतिजा आउन सकेन । साताको कारोबारको अन्तिम दिन विहिबार विहान कारोबार शुरु भएकोे केही मिनेटमै चमक आएको शेयर मार्केट केही मिनेटमै ओरोलो लागेको थियो । त्यसपछि उतारचढाव देखिएपनि सकारात्मक रुपमा बजार उक्लन भने सकेन ।
आज १९६ कम्पनीकोे ४९ लाख ९४ हजार ३६७ शेयर खरिदबिक्री भएका छन् । २३ हजार ८९ पटक भएको कारोबारमा जम्मा १ अर्व ४२ करोड ५८ लाख ८० हजार ७ सय ३८ रुपैयाको टर्नओभर भएको छ । जुन रकम निकै कम हो । केही दिन अघि सम्म दैनिक ३ अर्व बराबरको कारोबार भइरहेको शेयर बजार पछिल्लो समय खस्किएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नया अर्थमन्त्रीको आगमन सँगै दौडिने अनुमान गरिएको शेयर मार्केट पहिलो दिनमै लच्किएको हो । आज विहान ११ बजेर २१ मिनेटमा १५७९ विन्दुमा पुगेको नेप्से त्यसपछि क्रमश रुपमा घट्दै गयो । अन्तिममा तीन बजे १५६२ मा झरेको छ । नेप्से परिसूचकमा जम्मा १ अकंको फरक देखिएको होे । आज बैंक र व्यापार, हाइड्रोमा हरियाली छाएकोे छ भने अन्यमा रातो पोतिएको छ । नया अर्थमन्त्रीको आगमन सँगै शुरुमा केही उत्साहित देखिएको शेयरबजार केही समयमै निराश बन्न पुगेको अर्थविदहरुले बताए । तर यस अघि विष्णु पौडेल अर्थमन्त्री भएको समयमा नेप्सेले अधिकतम विन्दुमा पुगेको थियो । भने कारोवारीहरुलाई पनि उत्साह रहेको थियो । यस पटक पनि उनको आगमन सँगै शेयर बजारमा उत्साह हुने अपेक्षा गरिएको छ । हेरौ आगामी दिनमा नेप्सेको दिशा कता तर्फ हुनेछ । त्यो आगामी कारोबारकोे दिनले नै देखाउनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु