नया अर्थमन्त्री आएसँगै शेयर बजारमा उत्साह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 68
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौँ ।
अर्थमन्त्रीको रुपमा विष्णु पौडेल नियुक्त भएसँगै शेयर मार्केटमा उत्साह आएको छ । खासगरी केही दिन देखी डाउनमा रहेको शेयर मार्केट विहिबार साताको कारोबारको अन्तिम दिनको पहिलो घण्टामा केही सुधार देखिएको भएपनि दोस्रो घण्टाबाट सुस्ताएको छ । कोरोबारको १५ मिनेटमा १५७९ विन्दुमा पुगेको नेप्से त्यसपछि भने फेरी गिरवाट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १५६४ मा झरेको छ । यसको अर्थ नया अर्थमन्त्रीको आगमन सँगै शुरुमा केही उत्साहित देखिएको शेयरबजार केही समयमै निराश बन्न पुगेको अर्थविदहरुले बताए । तर यस अघि विष्णु पौडेल अर्थमन्त्री भएको समयमा नेप्सेले अधिकतम विन्दुमा पुगेको थियो । कारोवारीहरुलाई पनि उत्साह रहेको थियो । यस पटक पनि उनको आगमन सँगै शेयर बजारमा उत्साह हुने अपेक्षा गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अर्थमन्त्री विहिन बनेको पछिल्लो हप्ताहरुमा शेयर मार्केट सुस्त देखिएको थियो । कारोबार पनि करिब ३ अर्वको कारोबार भइरहेको शेयर मार्केट केही दिन देखी भने दुई अर्व पनि पुग्न सकेको छैन । तर समग्रमा आज भने नेप्से सकारात्मक दिशामा लागेको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आएसँगै शेयर मार्केटको अवस्था कस्तो होेला भन्ने धेरैको चासोको विषय छ । हाल शेयर भ्यालु नेपाल फाइनान्सकोे बढेको छ । यस कम्पनीको शेयरमा खरिदकर्ताको चाप धेरै छ तर विक्री कर्ताहरु भने न्युन देखिएका छन् । हिजो पनि दश प्रतिशतले बढेको थियो आज पनि यो समाचार तयार पार्दा सम्म करिब १० प्रतिशतले बढीसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु