२३ भदौ, काठमाण्डौ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको सोमबार बेलुकी नै ह्याम्स अस्पतालले रिपोर्ट दिएको थियो। उक्त रिपोर्टमा कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले पुनः स्वाब परीक्षण गरेको थियो । फेरी पनि उनलाइ कोरोना देखिएको स्रोतले जनाएको छ । ज्वरो आएपछि उनले स्वाब दिएका थिए । उनी हाल आइसोलेनमा छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा कोइरालाको स्वाब ह्याम्समा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको छ।



JUNGLE






from the
city



यसैबीच महामन्त्री कोइरालाले आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । यद्यपि हालसम्म आफूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाले बताएका छन् । चिकित्सकहरुको सल्लाह अनुसार हाल आफू होम आइसोलेसनमा बसेको भन्दै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई आवश्यक सजगता अपनाउन अनुरोध गरेका छन् ।