श्रीलङ्कामा भएको चुनावमा राजपक्षको दल अत्याधिक बहुमतका साथ विजयी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाण्डौ
श्रीलङ्कामा भएको चुनावमा राष्ट्रपति गोटाबय राजपक्षले विजयी हासिल गरेका छन् ।
गत नोभेम्बर महिनादेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका उनका दाइ महिन्द राजपक्षलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ।
उनीहरूको दल ’श्रीलङ्का पीपल्स फ्रन्ट’ र साझेदार दलहरूले दुईतिहाइ बहुमत प्राप्त गरेका छन्। यो विजयसँगै उनीहरूको चुनावी वाचानुरूप संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुलेको छ।
उक्त दलले २२५ मध्ये १४५ स्थानमा जितेको छ। उसलाई समर्थन गर्ने दलहरूले पाँच स्थानमा जितेका छन्।
महिन्द राजपक्षले भारतका प्रधानमन्त्रीले आफूलाई बधाई दिन फोन गरेको भन्दै ट्वीट गरेका थिए।
श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको प्रभाव रहेको छ। तर राजपक्ष बन्धुहरू विवादास्पद पनि छन्।
महिन्द राजपक्ष सन् २००५ देखि २०१५ सम्म देशका राष्ट्रपति थिए।
पूर्वप्रधानमन्त्री रनिल विक्रमसिङ्घले नेतृत्व गरेको प्रतिपक्षी दल नराम्ररी पराजित भएको छ।
अघिल्लो निर्वाचनमा जितेको १०६ स्थानमध्ये उनको दलले १०५ वटा स्थान गुमाएको छ।
अहिलेको परिणामपछि पूर्वराष्ट्रपति रणसिङ्घ प्रेमदासका छोराले गठन गरेको नयाँ दल दोस्रो ठूलो शक्तिका रूपमा उदाएको छ।
प्रेमदासको सन् १९९३ मा हत्या भएको थियो।
कोरोनाभाइरस महामारी फैलिएकै बेला श्रीलङ्कामा निर्वाचन भएको थियो।
यसअघि दुई चोटि मतदानको मिति सारिएको थियो।
श्रीलङ्कामा अहिलेसम्म ३,००० भन्दा कम मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको बिबिसीले लेखेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु