कस्तो अचम्म, राहत घोषणा गर्ने तर नदिने !

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

सिम्रिकखबर सम्पादकीय

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

२०७१ साल श्रावण १७ गते सिन्धुपाल्चोको जुरे भन्ने ठाँउमा भयानक पहिरो गयो । १४५ जनाले ज्यान गुमाए । सरकारले त्यस बेला गरको राहतको घोषणको कार्यान्वयन अझसम्म भएको छैन । पिडितले राहत अझसम्म पाएका छैनन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सिन्धुपाल्चोक जिल्लाले विगत ६ वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेको छ । २०७१ साल यता ६ वर्षको अवधिमा बाढी, पहिरो, भूकम्प, हेलिकप्टर दुर्घटना र सडक दुर्घटनामा परेर करिब ४ हजार जनाले ज्यान गुमाएका छन्, हजारौ मानिसहरु विस्थापित भएका छन् ।

२०७१ साउन १७ गते बिहान ३ बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको थियो । भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरी रहेको जुरेमा पहिरोले १८ घण्टा नदी थुनिँदा आसपासको क्षेत्र आक्रान्त भएको थियो ।

गत शुक्रवार विहान आएको पहिरोबारे गाँउबासी पहिले नै जानकार थिए । त्यसैले उनीहरुले स्थानीय सरकार, प्रशासन हुँदै सिंहदरवार सम्म यो कुरा पुर्याएका थिए । अफसोच, सिंहदरबार देखि गाविस सम्मका जनप्रतिनिधिहरुले उनीहरुको गुहारलाई हलुका लिए । विपत्ती भएरै छाड्यो ।

यता राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाइ यस्तो विपत्तीको बारेमा ज्ञान थियो । सरकारले बजेट विनियोजन गरेपनि प्राधिकरणले त्यहाँ चासो नै देखाएन । जसको कारणले फेरि पनि जनता अकालमा ज्यान गुमाउन विवश  भए ।

सिन्धुपाल्चोक प्राकृतिक विपत्तीबाट अधिक प्रताडित बनेको जिल्ला हो । सिन्धुपाल्चोक त उदाहरण मात्र हो । नेपालमा कैयन ठाउँहरु यस्ता छन् जहाँ बर्षेनी यस्तो विपत्ति आईरहन्छ । यो कुरा स्थानिय निकाय र सम्बन्धीत सरकारी कार्यालयहरुलाई राम्ररी अवगत छ, तर यो उनीहरुको प्रार्थमिकतामा पर्दैन ।

भनिन्छ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम विकल्प हो । तर अचम्म, यहाँ रोग लाग्न दिईन्छ तर उपचार गरिंदैन । सरकारी संयन्त्रले रोग लाग्नु नदिने विषयमा सोच्नु त परैको कुरा लागीसकेपछि पनि हेरेको ढोङ् मात्र गर्छ । हरेक घटनामा सरकारको रवैया यसै किसिमको छ । पहुँच नभएका जनताले निरन्तर ज्यान गुमाईरहेका छन् ।
यस्ता विपत्तीमा पर्नेलाई सरकारबाट हरेक चोटि एक लाख वा सो भन्दा माथिको राहत घोषणा हुन्छ । चाहे त्यो सिन्धुपाल्चोकको जुरे पहिरो होस् या ७२ सालको महाभुकम्प । यहाँ राहत घोषणामै मात्र सिमित हुन्छ । घोषणा गरेको रकम सरकारले स्थानिय तहसम्म न पठाउँछ, नत स्थानिय जिल्ला प्रशासन कार्यालयले यसको तोकता गर्छ ।

चौरजहारी घट्ना होस या लिदिको पहिरो । चाहे त्यो कालिकोटको पहिरो होस् या गुल्मीको । मर्ने त तिनै सोझा जनता हुन् । यहाँ जसको नेता र प्रशासन संग पहुँच छैन, उनीहरुको मरण पनि सुखद् छैन ।

सरकारले राहत घोषणा गरेर किन लागु गर्न सक्दैन । हाम्रो प्रशासनीक संयन्त्रको कमजारी हो कि जनताको पक्षमा काम गर्ने ईच्छाशक्तिको ? पहिले यो कुराको खिल फाल्नु पर्ने देखिएको छ । जोखिम व्यबस्थापनको जिम्मा पाउने सरकारी निकायहरु किन सधैं बर्वादी कुरेर बस्छन् ?

यस्ता जोखीम भएका क्षेत्रमा बस्ती स्थानान्तरण गर्नु पहिलो आवश्यकता हो । भू अध्ययन नगरि विकासका नाममा अनावश्यक डोजर चलाउने कसरतको अन्त्य गर्नुपर्छ । नत्र भने यस प्रकारका घटना एक प्रतिशत पनि न्युनिकरण हुन सक्ने छैनन् । सरकार भनेको पार्टी वा कुनै गुट हैन । यो त देश चलाउने संयन्त्र हो । यो संयन्त्रलाई डण्डा लगाएरै भएपनि चुस्त राख्न जूरी छ, यो चेतना सरकार हाँक्नेले राखुन । नत्र यसले जनतालाई आफ्नो अनुभति दिलाउन सक्दैन र जनता प्रति यसको वितृष्णा बढ्दै जानेछ । कालान्तरमा जसको असरले अर्को विद्रोहलाई जन्म दिने निश्चीत गर्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु