काठमाडौँ । सोमबार स्थिर रहेको सुनको भाउ आज घटेको छ । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा निरन्तर गिरावट आएको छ। मंगलबार प्रति अउन्स एक हजार ९२६ डलरमा सुन खरिदबिक्री भइरहेको छ। यस्तै, चाँदीको भाउ मंगलबार प्रति अउन्स २६ डलर बराबारमा कारोबार भइरहेको छ। करिब एक बर्षदेखी सुनको मूल्यमा निरन्तर उतारद्धढाव आइरहेको छ । मूल्य घटबढ भएपनि सुनको कारोबार भने ठप्प छ।