थाइल्याण्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रुप बन्द गरिएको छ । कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रुपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको हो । ब्याङ्ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
थाईल्यान्डमा अहिले राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग राख्दै सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्। त्यहा राजसंस्थाको आलोचना गर्न पाइँदैन। विदेशबाट ’रोयलिस्ट मार्किटप्लेस’ नामक ग्रुप खोल्न मिल्छ। तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ।



JUNGLE






from the
city



उक्त ग्रुपमा १० लाखभन्दा बढी सदस्य छन्। उक्त ग्रूप सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ।
उनका अनुसार राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिसम्म छलफल हुने गरेको छ। उनी स्वैच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुन्।
उनले सोमवार साँझ बनाएको नयाँ फेसबुक ग्रूपलाई चार लाखभन्दा बढी प्रयोगकर्ता पछ्यासकेका छन्। मानवाधिकारवादी समूहहरूले थाईल्यान्डले फेसबुकलाई दिएको दबावको चर्को आलोचना गरेका छन्। ह्यूमन राईट्स वाचले थाईल्यान्डको सरकारले “फेरि आफ्ना अस्पष्ट र अधिकार सङ्कुचित पार्ने कानुनहरूको दुरुपयोग गरेर“ फेसबुकलाई स्वतन्त्र अभिव्यक्तिको अधिकारअनुसार प्रकाशित सामग्रीमा बन्देज लगाउन दबाव दिएको बताएको छ।
थाईल्यान्डमा राजसंस्था वा राजपरिवारका सदस्यको आलोचना वा अपमान गरे १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बीबीसीले जनाएकोे छ ।