वीरगन्ज – नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थकेयर अस्पताल गण्डक बहुअरीबाट दुई जना थुनुवा भागेका छन्। गए राति २ बजे दुई तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरु फरार भएका हुन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
संक्रमित भई उपचारको क्रममा अस्पतालबाट भाग्ने थुनुवामध्ये वीरगंज १६ नगवाका केशव तिवारीका छोरा वर्ष १९ का छोटु तिवारी रहेका छन् भने अर्का सर्लाही, लालबन्दी नपा ३ स्थायी घर भई हाल वीरगंज ५ रामटोलमा बस्दै आएका नन्दे मार्फीका वर्ष २० का राम माझी रहेका छन्।



JUNGLE






from the
city



उनीहरु फरार भएको घटना भएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए। पर्सा जिल्लाका थुनुवाहरुलाई वीरगंजको आदर्शनगरमा रहेको राणीसती धर्मशालामा राखेर आइसोलेट गर्दै आएकोमा उनीहरुको स्वासथ्य अवस्थामा गडबडी आएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा पठाइएको थियो।
फरार थुनुवाहरुको बारेमा जिल्ला प्रहरी कर्यालय पर्साले उनीहरुको घर तथा आफन्तजनको घरमा खोजी कार्य गरिरहेको पर्सा प्रहरीले जनाएको छ।