आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ मा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

११ साउन, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते गर्न प्रस्ताव गरिएको छ । युनियनको ४ वर्षे कार्याकाल जेष्ठ १९ गते सकिएपछि निर्वाचनको तयारीमा आधिकारिक लागेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले युनियनको तर्फबाट निर्वाचनको मिति प्रस्ताव गरेर श्रम विभागलाई पठाइसकिएको जनाए । ‘ हामीले समयमै निर्वाचन हुनुपर्छ भनेर प्रस्ताव गरेका छौं, आवश्यक निर्देशिका बनाएर होला भन्ने लाग्छ’ पोखरेलले भने ‘ के कसरी निर्वाचन गर्ने र अरु प्रक्रिया के के हुन्छन् भन्ने पछि नै टुंगो लाग्छ ।’ पोखरेलले आफू कार्यवाहक भएर आएपछि सुधारका केही काम गर्दै गरेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष पुण्यप्रसाद ढकाल गत चैत्र ९ गते उपसचिवमा बढुवा भएपछि पोखरेल कार्यृवाहक भएका हुन् । नियम अनुसार शाखा अधिकृतसम्मलाई मात्र कर्मचारी संघ संगठनमा आवद्ध हुन मिल्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उर्जा आयोगका कानुनतर्फका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । कार्यालय खोलेर आवश्यक तयारी गर्न भने बाँकी छ, पौडेलले आधिकारिकसँग छलफल पनि गरेका छैनन् । आफूहरुले पहिलेदेखि ने उठाउँदै आएको आधिकारिक ट्रेड युनियन बनाउने माग पूरा भएको पोखरेलले बताए । २०७३ जेष्ठ १९ गते नेपालमा पहिलोपटक भएको निर्वाचनले २१ जना रहेको केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

जिल्लामा पनि आधिकारिकको संगठन रहेको छ । यो निर्वाचनमा पाँचवटा संघ- संगठन प्रतिस्पर्धामा थिए । आधिकारिकमा प्रतिनिधित्व हुनका लागि खसेको मतको १० प्रतिशत थ्रेसहोल्डको व्यवस्था छ । केन्द्रमा ३ वटा संघ संगठनको प्रतिनिधित्व रहेको छ । आधिकारिकले कर्मचारीका हकहित र पक्षमा आवाज उठाउँदै आएको छ । कार्यवाहक अध्यक्ष पोखरेलले कर्मचारीको अधिकार कटौती हुने गरी कुनै पनि प्रकारका विधेयक नल्याउन सरकारलाई सचेत गराएका छन् । उनले सरकारले आफूहरुको अधिकार कटौती गरे जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने र त्यसको सबै जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु