राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले दुइ टुक्रा परेको हत्केला जोडे

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल भएका हुन् । सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताए । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उनले बताए । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छिनिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

“हात छिनिएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उनले भने, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो । १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो । चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो । शल्यक्रियामा प्रा डा दाहालसहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अपार लामिछाने (प्लाष्टिक सर्जन), डा कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहेका थिए । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु