कोरोना संक्रमण पछि थप उपचारका लागि ट्रम्पलाई सैनिक अस्पताल लगियो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

वासिङ्टन : कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ। उनलाई शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको थियो। उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ। आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टा पछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मास्क र सुट लगाएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गरेनन्। ‘मेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौं’, ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले भनेका छन्। सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन्। ट्रम्पको स्वास्थ्यका बारेमा निकट जानकारी राख्ने श्रोतले ७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको जानकारी दिएको छ। ह्वाइट हाउसका चिकित्सक शन पिङ कोन्लीले ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ।
उनी थकित भएपनि उच्च मनोबलमा रहेको उनको भनाइ छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्थाले राष्ट्रपति चुनावबाट डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई पराजित गर्दै  पुनः अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने दाउमा रहेका रिपब्लिक उम्मदवार ट्रम्पलाई नोभेम्बर ३ को निर्वाचन अगाडि झट्का दिएको रोयटर्सले जनाएको छ। महामारी सुरू भएपछि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए। कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु हुनुका साथै अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ।

ट्विटरमा निक्कै सक्रिय रहने ट्रम्पले संक्रमित भएयता एउटा छोटो भिडिओबाहेक अरू केही पोस्ट गरेका छैनन्। उमेर र तौलका कारण पनि ट्रम्पलाई संक्रमणबाट ठूलो खतरा छ। अफिसमा रहँदा राम्रो स्वास्थ्य अवस्थामा देखिएपनि उनी नियमित व्यायाम र स्वस्थ्य भोजनलाई अनुसरण नगर्नेमा पर्छन्। ह्वाइट हाउसका चिकित्सक कोन्लीले ट्रम्पलाई कोरोनाको परीक्षणात्मक उपचार गरिराखिएको बताए। परीक्षणका क्रममा रहेको औषधिसँगै ट्रम्पले जिङक, भिटामिन डि, फोमाटिडिन, मेलाटोनिन र एसप्रिन लिइराखेका छन्।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु