काठमाडौँ । होटल क्वारेन्टाइनको अभाव देखाउँदै स्थगन गरिएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट सुरु भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पाँचौँ चरणका लागि सार्वजनिक गरिएको ४० वटा मध्ये १८ वटा मात्रै उद्धार उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको सूचना जारी गरेको छ ।



JUNGLE






from the
city



नयाँ तालिका अनुसार, विदेशी वायुसेवाले मंगलबारदेखि नै उद्धार उडान गर्दै छन् भने नेपाली वायुसेवा कम्पनीहरु हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमले बिहीबारदेखि उद्धार उडान थाल्ने छन् ।
मन्त्रालयले नेपाल वायुसेवा निगमलाई रियाद, क्वालालम्पुर, दुबई, कतार र कुवेतबाट नेपाली नागरिकहरु उद्धार गर्न अनुमति दिएको छ । त्यस्तै हिमालय एयरलायन्सलाई दमाम, क्वाललम्पुर, आबुधाबी र दोहाका लागि उडान गर्न अनुमति दिएको छ ।
त्यस्तै, विदेशी वायुसेवा कम्पनी एयर अरेबियालाई सारजाहा, इथिहादलाई आबुधाबी, फ्लाई दुबईलाई दुबई, टर्किस एयरलायन्सलाई इस्तानबुल, कतार एयरवेजलाई दोहा, सिल्क एयरलाई अष्ट्रेलिया, कोरियन एयरलाई कोरिया र मालिन्दो एयरलाई मलेसियाकालागि उडान अनुमति दिइएको छ ।
मन्त्रालयले काठमाडौंमा क्वारेन्टाइनको अभाव देखाउँदै युरोप र अमेरिकाबाट यात्रु ल्याउने टर्किस र कतार एयरवेजलाई प्रति उडानमा सय जना भन्दा बढी यात्रु नल्याउन सीमा तोकेको छ । यो पटक जारी गरिएको तालिकाले अब सबै यात्रुको पीसीआर जाँच अनिवार्य भनेको छ ।
मध्यपूर्व लगायत विभिन्न मुलकमा अलपत्र परेका नेपालीका लागि यो अन्तिम चरणको उद्धार उडान हो । यो सकिएपछि भदौ १६ देखि नियमित उडान हुँदैछन् ।