वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोनामुक्त भएका छन् । आइतबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सरावगीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनी संक्रमित भएको २५औँ दिनमा कोरोनामुक्त भएको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गत साउन १४ मा काठमाडौंमा गरिएको परीक्षणमा सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई १२ दिन आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आए पनि कोरोना रिपोर्ट भने पोजेटिभ नै आइरहेको थियो ।



JUNGLE






from the
city



मेयर सरावगीका सम्पूर्ण परिवारमा पनि कोरोना पुष्टि भएको थियो । परिवारका अन्य सदस्य कोरोनामुक्त भइसकेका भएपनि उनका बुबाको अहिले पनि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
सरावगीले केही दिनभित्रै महानगरवासीको सेवा आफू जुट्ने मेयरले जनाएका छन् । केन्द्र सरकार र प्रदेश सरकारको सहयोग नपाए पनि महानगरले आफ्नो महानगरवासीलाई बचाउन हरेक सहयोग गर्ने उनले बताएका छन् ।