२३ औ दिन ईः ले अनशन तोडे, मन्त्रालय सँग १२ बुँदे सहमती

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाण्डौ
सरकार सँग विभिन्न माग राख्दै अनशन सुरु गरेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईःले आइतबार अनशन तोडेका छन् । स्वास्थ्य मन्त्रालय सँग १२ बुँदे सहमती भएपछि आज अनशन तोडिएको हो ।
आइतबार बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस अघि अफुहरुले गरेको सम्झौता पनि कार्यान्वयन हुन शुरु भएको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालय साँग १२ बुँदे सहमती भएको छ ।
कोरोनाको सबल व्यवस्थापनको माग गर्दै ईः आमरण अनशन बसेको आज २३ औँ दिन हो ।
मन्त्रालयका प्रतिनिधि, ईः र अभियानका अन्य प्रतिनिधिहरुबीच केही दिनयता अनौपचारिक संवाद भइरहेको थियो ।
शुक्रबार केही बुँदामा सहमति जुटेको थियो, त्यसैले आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ ।
स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिए ।
कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए ।
सत्याग्रहको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुदे सम्झौता भएपछि उनीहरुले अनशन तोडेका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस्ता छन् ईः सहित अभियानको माग

  • क्वारेन्टिनको रणनीति सुधार
  • विदेशबाट फर्कने चाहने नागरिकको उच्चतम प्राथमिकता र पूर्ण सम्मानका साथ घर फिर्ती हुनुपर्ने
  • स्वतन्त्र विज्ञसम्मिलित समावेशी, स्वायत्त, अधिकार सम्पन्न विज्ञ सुझाव समिति गठन
  • स्वास्थ्यकर्मीलाइ पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था
  • खर्च विवरण सार्वजनिक इत्यादि ।

कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गर्ने, पीसीआर विधिमात्र प्रयोग गर्ने, विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्यकर्मी, स्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबैको पीसीआर परीक्षण गर्ने सम्झौता भएको थियो ।
कोभिड–१९ को खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने सम्झौतापत्रमा उल्लेख थियो ।
सम्झौता पूरा नभएपछि साउन ३ गतेबाट ईः र करण गुरुङले बसन्तपुरमा अनशन सुरु गरे । करण ७ दिन, आशिष दाहाल ३ दिन र समाइरा श्रेष्ठ १० दिन अनशन बसे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु