काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज सुनको मूल्य ३.०६ प्रतिशतले बढेको हो।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६८ हजार ६९० रुपैयाँ रहेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आज ५.६६ प्रतिशतले बढेको हो।
१० ग्राम चाँदीको मूल्य आज ४ हजार १६२ रुपैयाँ ५० पैसा कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। पछिल्लो विवरणअनुसार अन्तर्राष्ट्रिय बजारमा सुन करिब ४ हजार ५१२ अमेरिकी डलर प्रतिऔंसमा कारोबार भइरहेको छ भने चाँदी करिब ६७ अमेरिकी डलर प्रतिऔंसमा रहेको छ।