सुनको मूल्य फेरि ३ लाख २२ हजारमाथि, आज १०० रुपैयाँले घट्यो

26 August, 2026 53 Views
सुनको मूल्य फेरि ३ लाख २२ हजारमाथि, आज १०० रुपैयाँले घट्यो
53

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार १०० रुपैयाँ तोकिएको हो।

यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्यमा केही दबाब देखिएको छ। बुधबार स्पट गोल्डको मूल्य करिब ०.६ प्रतिशत घटेर ४ हजार ६२६ डलर प्रतिऔंस आसपास पुगेको र लगानीकर्ताको ध्यान अमेरिकी मुद्रास्फीति सम्बन्धी तथ्यांक तथा ब्याजदरको सम्भावित निर्णयतर्फ रहेको रोयटर्सले जनाएको छ।

नेपालमा भने सुनको मूल्य पछिल्लो समय उच्च तहमा रहेकाले सामान्य उतारचढावका बाबजुद प्रतितोला ३ लाख २२ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ।

Related Post