रसुवा बाढीमा ७ जनाको मृत्यु, ५५ जना सम्पर्कविहीन

26 August, 2026 60 Views
रसुवा बाढीमा ७ जनाको मृत्यु, ५५ जना सम्पर्कविहीन
60

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले बताएका छन्।

बाढीपछि ४१ सुरक्षाकर्मी र १४ भन्सार कर्मचारी सम्पर्कविहीन छन्। टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ भने प्रहरी कार्यालय, पुल तथा अन्य संरचना बाढीले बगाएको छ।

बेपत्ताको खोजी र घाइतेको उद्धार जारी छ। त्रिशूली नदीमा पानीको बहाव बढेकाले नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Related Post