मृत्युदण्डको फैसला अस्वीकार गर्दै शेख हसिनाले गरिन् यसै वर्ष बङ्गलादेश फर्कने घोषणा

29 June, 2026 177 Views
मृत्युदण्डको फैसला अस्वीकार गर्दै शेख हसिनाले गरिन् यसै वर्ष बङ्गलादेश फर्कने घोषणा
177
 बङ्गलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष (सन् २०२६) भित्र स्वदेश फर्किने घोषणा गरेकी छन् भने बङ्गलादेशको विशेष अदालतले उनीविरुद्ध सुनाएको मृत्युदण्डको फैसलालाई पूर्ण रूपमा अस्वीकार गरेकी छन्।
भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनाले एक भिडियो सन्देश जारी गर्दै सन् २०२६ को अन्त्य हुनुअघि नै आफू बङ्गलादेश फर्किने र पार्टीको नेतृत्व पुनः सम्हाल्ने दाबी गरेकी हुन्। सन् २०२४ को अगस्टमा विद्यार्थी आन्दोलनको तीव्र दबाबपछि देश छोड्न बाध्य भएकी हसिनाविरुद्ध बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (ICT) ले मानवताविरुद्धको अपराध र नरसंहारको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो।
पूर्वप्रधानमन्त्री हसिनाले आफूमाथि लगाइएका सबै आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित र अवैध रहेको भन्दै अदालतको फैसलालाई चुनौती दिएकी छन्।अनुसार उनले बङ्गलादेशको वर्तमान अन्तरिम सरकारले न्यायपालिकाको दुरुपयोग गरेर आफू र आफ्नो दल अवामी लिगलाई सिध्याउने खेल खेलिरहेको आरोप लगाएकी छन्।
उता ढाकामा वर्तमान सरकार र आन्दोलनकारी विद्यार्थीहरूले हसिनालाई भारतबाट सुपुर्दगी गराई तत्काल सजाय कार्यान्वयन गर्न माग गरिरहेका छन्। हसिनाको यो पछिल्लो घोषणाले भारत र बङ्गलादेशबीचको कूटनीतिक सम्बन्धमा थप जटिलता ल्याउनुका साथै बङ्गलादेशी राजनीतिमा पुनः नयाँ तरङ्ग पैदा गरिदिएको छ।

Related Post