माओवादी कार्यकर्ताले छाडे नयाँ बानेश्वर

सेयर गर्नुहोस्

नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्र्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् ।

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका माओवादी नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् ।

बानेश्वर क्षेत्रमा अहिले माओवादीबाहेक राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।

एमसीसीमाथि छलफल गर्न आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *