केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेका छन् : ओली

सेयर गर्नुहोस्

४ मंसिर, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताएका छन् । पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने बताए । उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।

उनले भने, ‘सबैले छोरा-छोरी पढाउन पाउनुपर्छ । मुसहर, मुस्लिम, साह, यादव, गरिब, दलित सबैले पढ्न पाउनुपर्छ । अनि जातको कुरा गरेर के अर्थ ? उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन्’, उनले भने ।  अध्यक्ष ओलीले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *