सवारी ज्यान मुद्दामा पक्राउ परेका एसपी दुई सातादेखि हिरासतमा

सेयर गर्नुहोस्

७ मंसिर, काठमाडौं । दुई सातादेखि नेपाल प्रहरीका वहालवाल एसपी प्रहरी हिरासतमा रहेको छन् । प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहाल १२ दिनदेखि थुनामा छन् । उनले चलाएको गाडीले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएपछि उनी थुनामा रहेका हुन् । 

एसपी दाहाललाई सवारी ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । दाहालको गाडीको ठक्करबाट मोटरसाइकल चालक अनिल मडीको मृत्यु भएपछि २४ कात्तिकमा दाहाल पक्राउ परेका थिए । २४ कात्तिकको राति करिब ९ बजे दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो ।

घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा तीन जना सवार रहेको र दुई जना घाईते भएका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भएको थियो ।

अहिले पीडित परिवारले एसपी विरुद्ध उजुरी दिएका छन् । उता एसपीले गाडीमा मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको, चालकले मादकपदार्थ सेवन गरेको तथा तीन जना राखेर चलाएको र चालकको लाइसेन्स समेत नभएको बताउदै आफ्नो कुनै पनि गल्ती नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *